ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले


एबीसी / संवाददाता
२ बैशाख २०८०, शनिबार   ५ : ५०   बजे

काठमाडौँ, २ वैशाख । राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर शुक्रबारदेखि कार्यान्वयन सुरु गरिएको छ ।

सो कार्ययोजनाको शुक्रबारदेखि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुवात गरेका छन् । प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरुले नियमित रुपमा नागरिकसँग अन्तरक्रिया गर्ने गरी कार्य व्यवस्थापन योजना लागु गरिएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

सो पार्टीका तर्फबाट शुक्रबार सार्वजनिक गरिएको सो योजनाअनुसार हरेक साताको शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ देखि साँझ छ बजेसम्म नागरिकसँग सरकारको काम कारबाहीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया एवम् भेटघाट गर्नेछन् ।

यस्तै, हरेक साताको आइतबार ४ देखि ५ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा पनि प्रधानमन्त्रीले भेटघाट गर्नेगरी कार्यतालिका तय गरिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

माओवादी केन्द्रले तयार पारेको योजनाअनुसार सातै दिन मन्त्री, सल्लाहकार तथा विज्ञले भेटघाट तथा नागरिकको समस्या समाधान गर्नेगरी भेटघाटको समय तालिका निर्धारण गरिएको छ । माओवादी केन्द्रका महासचिव गुरुङले शुक्रबार जारी गरेको परिपत्रअनुसार आइतबार ४ देखि छ बजेसम्म ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बद्ध क्षेत्र तथा विषयसँग सम्बन्धित विषयमा भेटघाट गर्नेछन् । सर्वदलीय वा सर्वपक्षीय प्रतिनिधिमण्डलबाहेक सिंहदरबारमा कुनै पनि भेटघाट नगर्ने त्यसको सट्टामा पार्टी केन्द्रीय कार्यालयमा नै नागरिकसँग अन्तरक्रिया एवम् छलफल गर्ने व्यवस्था गरिएको छ ।

हरेक साताको सोमबार ४ देखि छ बजेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भेटघाट गर्नेछन् । यस्तै, हरेक साताको मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, बुधबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, बिहीबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई घण्टा नागरिकसँग भेटघाट गर्ने गरी कार्यतालिका तय गरिएको छ । शनिबार भने प्रधानमन्त्री, मन्त्रीका सल्लाहकार एवम् विज्ञले भेटवार्ता गर्ने गरी तय गरिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सल्लाहकार र विज्ञले सातामा एक दिन दुई घण्टा पार्टी कार्यालयमा भेटघाट गर्ने, त्यसका लागि पार्टी कार्यालयबाट दुई र प्रधानमन्त्रीको सचिवालयबाट पनि दुईजना व्यवस्थापनका लागि खटिनेछन् ।

राज्यका कामलाई प्रभावकारी र परिणामुखी बनाउन कानुन निर्माण र कार्यान्वयनलाई अनिवार्य सर्त बनाइएको छ । विगतमा यस्ता कामलाई गम्भीरतापूर्वक नलिई अन्य कामलाई प्राथमिकता दिनाले संविधान कार्यान्वयनमा आवश्यकताअनुसार प्रतिफल दिन नसकिएको माओवादीको ठहर छ । विगतको कमजोरी सच्याउँदै पार्टीका विभागीय कामलाई समेत प्रभावकारी बनाउन लागिपर्ने माओवादीले उल्लेख गरेको छ । पार्टीका विभाग, जनवर्गीय संगठन, मोर्चा, कानुन व्यवसायी, कर्मचारी र विज्ञसँग निरन्तर रुपमा छलफल गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

अनौपचारिक विज्ञ समूह आवश्यकताका आधारमा निर्माण गरी सुझाव लिने गरी कार्य व्यवस्थापन योजना तय गरिएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, परराष्ट्र, आर्थिक, अध्ययन अनुसन्धान र अनुगमनलगायतका समूह तय गरिनेछ । विज्ञ समूहको गठन गर्दा पार्टीको सम्बन्धित विभागबाट दुई, विषय विज्ञ एक, विषयसँग सम्बन्धित पूर्वमन्त्री तथा विगतमा राजनीतिक नियुक्ति लिएकाहरुबाट दुईजना रहनेछन् ।

नयाँ व्यवस्थाअनुसार पार्टी कार्यालयले नियमित रुपमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई जानकारी गराउनेछ । सबै काम कारबाहीको अनुगमनका लागि एक समिति बनाइनेछ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न शुक्रबारै निर्देशन दिएका छन् । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा उनले भने, “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजदेखि भेटघाटको सुरुबात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।” उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए ।

प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई पार्टीप्रति थप जिम्मेवार बनाउन, जनतासँग जोडिन र परिणाम निकाल्नका लागि यस खालको व्यवस्था गरिएको माओवादी केन्द्रले जनाएको छ । सरकार र पार्टीको कामलाई साथ साथै लैजान र नतिजा निकाल्नका लागि नयाँ योजना अगाडि सारिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal and China Resume Flood Rescue Efforts Amid Rising Death Toll

Rainfall Threatens to Hamper Flood Rescue Efforts in Nepal

Nepal Floods Claim 616 Lives as Search Efforts Continue

Nepal Flood Death Toll Climbs Above 57, Hundreds Still Missing After Glacier Collapse

Nepal Grapples with ‘Uncanny Populism’ and Shifting Political Landscape

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu