ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका


एबीसी / संवाददाता
३१ बैशाख २०८०, आइतबार   ७ : १६   बजे

म्याग्दी, ३१ वैशाख । म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाएको छ ।

ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियान थालिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् । “नगरपालिकाका १० वटै वडाका सबै बस्तीमा सडक पुगिसकेको छ । यसअघिका वर्षमा मार्ग खोल्ने, सोलिङ र विस्तारको काम धेरै भएका थिए”, उनले भनिन्, “यस वर्षदेखि ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने बनाउने काम सुरु गरेका छौँ ।”

सडक बनाएको भन्दा वर्षात्मा पहिरो नियन्त्रण र बर्सेनि मर्मत गर्न लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो । अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीनालीसमेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको नगर उपप्रमुख लामिछानेको भनाइ छ ।

पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रणका साथै धुलो र हिलोमुक्त बनाउन सकिने बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताए । भकिम्लीलाई बेनी बजारसँग जोड्ने सडक ढलान, नाली र सोलिङ गर्न चालु आव २०७९÷८० मा दुईवटा प्याकेजमा एक करोड २५ लाख विनियोजन भएको छ ।

दुवै प्याकेजमार्फत ४५० मिटर ढलान, ३५० मिटर नाली, ३०० मिटर पर्खाल निर्माण र ३५० मिटर सोलिङ हुँदैछ । बेनी नगरपालिका–४ स्थित तातोपानी बजारमा तीन सय २५ मिटर सडक कालोपत्र भइरहेको छ । ७० लाखमा ठेक्का सम्झौता भएको महारानीथान–छाप–ठूलोखोला सडक आयोजनामार्फत एक सय ७२ मिटर सडक ढलान हुँदैछ ।

बेनी–पाखापानी सडकको जामुनाखर्क, अर्थुङ्गे–पुलाचौर सडकको बाँसबोट क्षेत्रको सडक पनि ढलान भइरहेको छ । बेनी नगरपालिकाका योजना अधिकृत कृष्ण सुवेदीले यस वर्षका एक सयभन्दा बढी योजना सडक ढलान र पक्की नाली निर्माण गर्नेसँग सम्बन्धित रहेका बताए ।

नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले भिरालो भूगोलको सडकमा गरिएको कालोपत्र नटिक्ने भएकाले दिगो र टिकाउका लागि ढलान प्रभावकारी देखिएको बताए । भुइँमा ढुंगा बिछ्याएर, रड बानेर, सिमेन्ट, बालुवा र गिट्टी मिसाएर गरिएको कालोपत्र बलियो हुने इञ्जिनियर कार्कीको भनाइ छ ।

सडक ढलान भएपछि घर अगाडि हिलोमा गाडी फस्ने, धुलो हुने समस्या हटेको बेनी नगरपालिका–५ भिरमुनिका कृष्ण कार्कीले बताए । ‘‘गाडी नचल्दा सामान ढुवानी र आवतजावतमा सास्ती खेपेका थियौँ, अहिले सहज भयो”, उनले भने, “ढलान गर्दा पानीले पनि असर गरेन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu