ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा पढेका जोर्डनका युवराज र साउदी युवतीबीचको विवाहको विश्वभर यसकारण चर्चा


ABC NEWS
१२ जेष्ठ २०८०, शुक्रबार   ११ : ३८   बजे

काठमाडौं १२ जेठ । जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह र साउदी आर्किटेक्ट रजवा अल सैफबीच जुन १ तारिखमा विवाह हुँदै छ ।

तर उनीहरु विवाहअघि नै मध्य पूर्वमा मात्र नभएर दुनियाँ भरमा चर्चामा छन् । विवाह पूर्वका शाही समारोहका झलक सामाजिक सञ्जालमा आकर्षणको केन्द्र बनेका छन् । यो जोडीको विवाहको कुरा गत अगस्ट १० मै छिनिएको थियो ।

१० जुनमा शाही विवाह तय भएलगत्तै जार्डनमा जोडतोडले तयारी भइरहेको छ । विवाहको दिन जोर्डनमा सार्वजनिक विदाको घोषणा गरिएको छ । विवाहका लागि विश्वभरबाट पाहुना बोलाइएको छ । राजधानी अम्मानमा अरबी क्षेत्रका गायकहरुले कन्सर्ट गर्ने छन् ।

जोर्डनकी महारानी रानयाले नै आफ्ना छोराको विवाहको तयारीका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा राखेकी छिन् ।

उनले विवाहअघि मेहन्दी पार्टीको आयोजना गरेकी थिइन् । जुन पार्टीमा पारम्परिक जोर्डनी र साउदी गीत संगीत प्रस्तुत गरिएको थियो । जसमा महारानी रानयाले पनि नृत्य गरिन् ।

‘हुसेन मेरो ठूलो छोरा हो, अन्य आमाको जस्तै आफ्नो जेठो छोरालाई बेहुला बनेको देख्ने मेरो सपना थियो,’ उनले भनिन्, ‘मैले पनि बुहारी पाएँ, तर यी बुहारी अन्य बुहारीजस्ती सामान्य होइनन्, यिनी मेरी छोरी हुन्, अल्लाहले यिनलाई खुसी राखुन् ।’

२८ जुन, १९९४ मा जन्मेका जोर्डनी युवराज हुसेन, राजा अब्दुल्लाह द्वितीय र रानी रानयाका जेठा छोरा हुन् । हुसेनका १ भाइ र २ बहिनी छन् ।

हुसेनसँग विवाह गर्न लागेकी रजवा साउदी व्यापरिक घराना अल सैफ ग्रुपका अध्यक्ष खालिदकी कान्छी छोरी हुन् । उनी हुसेन भन्दा मात्र २ महिना कान्छी हुन् ।

हुसेन र रजवा दुवैले प्राथमिक शिक्षा आफ्नै देशमा पूरा गरेपछि उच्च शिक्षा भने अमेरिकाका फरक फरक विश्वविद्यालयबाट पूरा गरेका हुन् ।

सन् २००९ मा युवराज घोषित हुसेनले जोर्डनकै रोयल मिलिट्री एकेडेमीबाट ग्राजुयसन गरेका छन् । र उनी जोर्डनको सशस्त्र सेनाका प्रमुख हुन् ।

जोर्डनको संविधान अनुसार युवराजको राजनीतिक भूमिका छैन । तर पछिल्ला समयमा हुसेन आफ्ना पिताको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समारोहमा सहभागी हुने गरेका छन् ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group