ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री भारत जाने दिन नागरिकता विधेयक पारित भएकोमा एमाले आश्चर्यचकित !


ABC NEWS
१७ जेष्ठ २०८०, बुधबार   १२ : ३७   बजे

काठमाडौं १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर सरकारले संसदको अधिकारमाथि हमला गरेको आरोप लगाएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान संघीय संसदले पारित गरेर राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाउनु पर्ने विधेयक मन्त्रिपरिषद्ले राष्ट्रपतिकोमा पठाउने गलत बाटो लिएको बताए ।

प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने दिनमै किन हतारमा विधेयक प्रमाणीकरण गरियो भन्नेमा उनले आशंका व्यक्त गरे ।

‘नागरिकता विधेयकको आवश्यकता थियो, चाडै पारित पारित गर्नुपथ्यो, विभिन्न कारणले ढिलो भएको छ । पारित गर्ने निश्चित कानून, विधि र प्रक्रिया छ’ नेम्वाङले भने, ‘प्रधानमन्त्री छिमेकी देशको भ्रमणमा जान लागेको बेला हतार हतार कनि प्रमाणिकरण गरेको हो, म छक्क परेको छु ।’

निवर्तमान राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार प्रमाणीकरण गरेका छन् । ‘यसको सुल्टो र संविधानसम्मत् बाटो संसदबाट अगाडि बढ्नु पर्थ्यो । संघीय संसद्ले विधेयक पारित राष्ट्रपतिकोमा पठाउने बाटो छ’ नेम्वाङले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर पठाउने र राष्टपतिले जारी गर्ने गलत बाटो भयो । संसदको अधिकार माथिको प्रहार भयो ।’

जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्दै पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group