ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व हो : प्रम


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   ५ : ०८   बजे
deuba-pm

 

काठमाडौँ, २१ माघ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको सहयोगार्थ आजदेखि शुरु भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माण गर्न सबैको सहयोग हुनुपर्ने बताउनुभयो । “सबै क्षेत्रमा सरकारले नै काम गर्न सक्दैन, स्थानीयवासी एवं सरोकार भएका अन्य निकायको पनि सहयोग लिनुपर्छ, विद्यालय र स्थानीय मठमन्दिर निर्माणका लागि स्थानीयवासीले पनि सकेको योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

deuba-pm

सो अवसरमा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले राजधानीमा भएर पनि पिछडिएको क्षेत्रको शिक्षा एवं जीवनस्तर सुधारका लागि यज्ञका माध्यमबाट सहयोग जुटाउन आह्वान गर्नुभयो । काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले शिक्षा क्षेत्रको सुधारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

क्षेत्र नं ३ प्रदेशसभा (क) का सांसद छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपाल, प्रा डा ऋषिराम पोखरेल तथा महायज्ञ आयोजक समिति अध्यक्ष दामोदर पौडेललगायतले यस्ता कार्यक्रमले शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

यही माघ २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा बाल योगेश्वरले कथा वाचन गर्नुहुनेछ । महायज्ञबाट संकलित रकम विद्यालय एवं शिवपाञ्चायन मन्दिरको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेट, गण्डकीका अधुरा आयोजना र सीमा पूर्वाधारदेखि फेवातालसम्म छलफल

प्रधानन्यायाधीशको अधिकार : ‘मास्टर अफ द रोस्टर’ कि न्यायिक हस्तक्षेप ? संविधानले के भन्छ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेट, गण्डकीका अधुरा आयोजना र सीमा पूर्वाधारदेखि फेवातालसम्म छलफल

मल संकटको दीर्घकालीन समाधान खोज्न सरकारले बनायो १२ सदस्यीय कार्यदल

प्रधानन्यायाधीशको अधिकार : ‘मास्टर अफ द रोस्टर’ कि न्यायिक हस्तक्षेप ? संविधानले के भन्छ?

सर्वोच्चको पुनरवलोकनमा गगनको टिप्पणी : ‘पार्टीको आन्तरिक शक्ति संघर्षमा अदालत प्रवेश गर्दैन’

साउनमा सरकारको राजस्व १० प्रतिशत बढ्यो, कुल आम्दानी ९३ अर्ब नाघ्यो

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu