ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या


एबीसी न्यूज
२२ माघ २०७४, सोमबार   १० : १९   बजे

बैतडी, २२ माघ। बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन ।

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा सरकारी कामकाजमा समेत बाधा पुगेको स्थानीय तहले जनाएका छन् । विद्युत्को अभावमा नगरपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले बताउनुभयो । विद्युत्को अभावमा गाउँपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सिगास गाउँपालिका दुर्गम गाउँपालिका भएकाले विद्युत्बाट हुने कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।”

यस्तै पञ्चेश्वर गाउँपालिकाले पनि गाउँपालिकाको केन्द्रसम्म विद्युत् नहुँदा काम गर्न समस्या भएको जनाएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा विद्युत् पुगेको छैन् । विद्युत् नपुगेका स्थानीय तहले विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीलाई आग्रह गरेको भए पनि बजेटको अभावमा तत्काल विद्युत् सेवा विस्तार गर्न सकिने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर महानन्द भट्टले बताउनुभयो ।

“विद्युुत् नभएका सबै स्थानीय तहबाट विद्युत् विस्तारका लागि निवेदन आए पनि बजेटको अभावमा विद्युत् सेवा विस्तार गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “जिल्लामा वार्षिक रूपमा विद्युत् विस्तारका लागि तीन–चार करोड मात्रै बजेट आउने र यो बजेट ज्यादै न्यून हो ।” त्यसमध्ये नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका अनुसार बैतडीका १२ हजार घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ । ग्रामीण क्षेत्रमा रहेका लघुजलविद्युत् आयोजना पनि पछिल्लो समय धमाधम बन्द हुन थालेपछि स्थानीय तहले विद्युत्को समस्या झेलिरहेका हुन् । जिल्लामा रहेका १९ वटा लघुजलविद्युत् आयोजनामध्ये अधिकांश बन्द अवस्थामा छन् । सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना पनि रातको समयमा सञ्चालन हुने भएकाले सरकारी कार्यालयमा कामकाजका लागि उपयोग गर्न पाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group