ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार कार्यालय नहुँदा राजश्व संकलनमा कमी


एबीसी न्यूज
२२ माघ २०७४, सोमबार   १२ : १७   बजे

कञ्चनपुर, २२ माघ ।   बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ ।

भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सामान ल्याउन नदिँदा राजश्व घटेको हो । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले रु ४० हजारदेखि रु ८० हजारसम्म मात्रै राजश्व उठ्ने गरेको छ ।

भारतीय सुरक्षाकर्मीले व्यापारीलाई सामान ल्याउन नदिँदा राजश्वमा कमी आएको छोटी भन्सार कार्यालयका कर्मचारी वीरसिंह धामीले बताउनुभयो । केही घरायसी सामान ल्याउन भने भारतीय सुरक्षाकर्मीले छुट दिने गरेका छन् । दैनिक रु ५०० देखि रु एक हजारसम्म राजश्व उठ्ने गरेको धामीले बताउनुभयो ।


चालू आवको साउन महिनामा रु ५० हजार, भदौमा रु ७८ हजार, असोजमा रु ८४ हजार, कात्तिकमा रु ६९ हजार, मंसिरमा रु ५१ हजार र पुसमा रु ४८ हजार राजश्व संकलन भएको छ । भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा केही व्यक्तिले भन्सार छल्दै भारतबाट ठूलो मात्रामा सामान भित्र्याउने गरेकाले पनि राजश्व संकलनमा कमी आएको स्थानीय बासिन्दा बताउँछन् ।

नायब सुब्बाको दरबन्दी रहेको उक्त छोटी भन्सार कार्यालय लामो समयदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । लामो समयदेखि भन्सारको कामकाज दुई जाना कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका छन् ।

गड्डाचौकी कार्यालयले सहयोगीलाई पालैपालो छोटी भन्सार कार्यालयमा खटाउँदै आएको छ । आफू खुशी भन्सारमा राजश्व बुझाउनेबाट मात्रै राजश्व लिने गरेको कार्यालय सहयोगी वीरसिंह बोहराले बताउनुभयो । द्वन्द्व अघि विस्थापित बेलौरी छोटी भन्सार कार्यालय पुनः स्थापना भएर कार्य सञ्चालन भए पनि भरपर्दो सुुरक्षा व्यवस्था छैन । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म दुईजना सशस्त्र प्रहरीका जवानले सुरक्षा दिने भए पनि साँझ ६ बजेपछि भन्सार कार्यालय सुरक्षाविहीन हुने गरेको छ । कर्मचारी असुरक्षाको कारण राति भन्सार कार्यालयमा बस्दैनन् ।

कार्यालयका संरचना जीर्ण बन्दै काम गर्न समेत कर्मचारीलाई गाह्रो छ । भन्सार कार्यालय सञ्चालनका लागि वर्षौं पहिले निर्माण गरिएका भौतिक संरचनाको संरक्षण र संवद्र्धनको कार्य नगरिँदा जीर्ण बनेका हुन । दुई तले एक र अन्य दुई भवन छोटी भन्सार कार्यालयसँग रहेका छन् । दुई तले भवन वर्षौं पहिले निर्माण भएको भवन जुनसुकै बेला भत्कने अवस्थामा छ ।

भन्सार कार्यालयसँग रहेको चार बिगाहा १७ कट्ठा जग्गा प्रयोगविहीन छ । एक सय वर्षभन्दा पुरानो छोटी भन्सार कार्यालयको स्तरोन्नतिको कार्य गरी भन्सारका रुपमा परिणत गरी भारतसँगको नाका खुलाउनु पर्ने स्थानीय बासिन्दाले जोडदिएका छन् । भारतसँगको बेलौरी नाका खुला गरेमा यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । विसं २०२९ मा बेलौरीबाट जिल्ला सदरमुकाम महेन्द्रनगर सारिएपछि छोटी भन्सार कार्यालयको स्तरोन्नति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group