ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मणिपुरमा सार्वजनिक रुपले बलात्कृतमहिला सर्वोच्च अदालतमा


ABC NEWS
१५ श्रावण २०८०, सोमबार   १० : १९   बजे

नयाँ दिल्ली (एजेन्सीहरु) : भारतको मणिपुरमा यौन हिंसा भोगेका कुकी समुदायका दुई महिला न्याय खोज्दै सर्वोच्च अदालत पुगेका छन्।

केही दिनअघि उनीहरुलाई सार्वजनिक स्थलमा निर्वस्त्र पारी बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

बीबीसीकी सहयोगी पत्रकार सुचित्रा मोहन्तीलाई पीडित महिलाका वकिलले उक्त प्रकरणबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुने बताएकी छन्।

बीबीसी हिन्दीका अनुसार प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यस विषयमा सुनुवाइ गर्नेछ।

पीडित दुवै महिलाले केन्द्र र मणिपुर सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।

निवेदनमा उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै पीडित महिलाहरूले आफ्नो परिचय गोप्य राखिदिन आग्रह पनि गरेका छन्।

गत मे ४ मा मणिपुरमा कुकी समुदायका दुई महिलालाई भीडले निर्वस्त्र पारी एकजनालाई यौन दुर्व्यवहार र अर्कालाई सार्वजनिक रूपमा बलात्कार गरेको थियो। यसको भिडिओ यही जुलाई १९ मा भाइरल भएको थियो।

उक्त भिडिओबारे प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘यो घटनाले १४० करोड देशवासीलाई लज्जित बनाएको छ।’

उक्त घटना सीबीआईले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

भोटेकोशीमा भीषण बाढी, तिब्बतमा हिमताल विस्फोटको आशंका (भिडियो)

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu