ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी अमेरिकामा आँधीका कारण १० लाख घरमा बिजुली बन्द, पाँच करोड मानिस प्रभावित


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   ७ : ५५   बजे

 

काठमाडौं २४ साउन ।पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन्।

अग्निनियन्त्रण विभागका अनुसार मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार र म्यारील्यान्डमा ६४ हजार मानिस बिजुलीविहीन भएका छन्। मंगलबार बिहान १ हजार भन्दा धेरै उडान पनि सारिएको थियो।

पूर्वी अमेरिका अहिले पनि ठूलो आँधीको चपेटामा छ। यसकारण न्यूयोर्कबाट अलबामासम्म लगभग १० लाख घर र व्यवसायको बिजुली गएको छ। ठूलो आँधीका कारण हजारौँ उडान पनि रद्द भएका छन्। करिब पाँच करोड मानिस आँधीका कारण तनावमा परेका छन्।

संघीय उडान प्राधिकरणका अनुसार सोमबार न्यूयोर्क, फिलाडेल्फिया, अटलान्टा र वासिङ्गटन डीसीका विमानस्थलमा ग्राउन्ड स्टप जारी गरिएको छ।

आँधीका कारण विभिन्न राज्यमा आधा दर्जनले ज्यान गुमाएका छन्। मौसम विभागका अनुसार आँधीको समयमा चट्याङ पर्दा केही मानिसको ज्यान गएको छ। अमेरिकामा चट्याङबाट हुने मानिसको मृत्यु दुर्लभ छन्। अमेरिकामा हरसाल करिब २० मानिसले चट्याङबाट ज्यान गुमाउँछन्।

मौसम विभागले आँधीबाट सबैभन्दा प्रभावित घटनाहरुमध्ये एक चेतावनी जारी गरेको छ। यस दशकमा पहिलो पटक मौसम विभागले डीसी शहरमा चार(पाँच स्तरको जोखिम गरेको छ।

मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर पठाइएको छ। मौसम वैज्ञानिक एलीन व्हेलनले क्षति धेरै नभए पनि जोखिम उच्च रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group