ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिगोजिनको निधनमा अमेरिकी राष्ट्रपतिले भने : यो खबर सुनेर म आश्चर्यचकित भएको छैन


एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   २ : १२   बजे

काठमाडौं, ७ साउन । रसियाको निजी लडाकु समूह वाग्नर प्रमुख यवगेनी प्रिगोजिन बिहीबार मस्कोमा भएको विमान दुर्घटनामा मारिएका छन्।

युक्रेनविरुद्धको लडाइँमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका उनले अन्ततस् रहस्यमय जहाज दुर्घटनामा ज्यान गुमाए।

प्रिगोजिनको निधनलाई लिएर विश्वभरबाट फरक फरक प्रतिक्रिया आइरहेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेले प्रिगोजिनको निधनको खबर सुनेर आफू सरप्राइज नभएको बताएका छन्।

‘मलाई थाहा छैन, भएको के होरु तर म यस खबरबाट आश्चर्यचकित भएको छैन। रूसमा शायदै यस्तो केही हुन्छ, जसको पछि पुटिनको हात नहोस्। तर पनि यस मामिलामा म पहिले सबै विवरण बुझिसकेपछि मात्रै म जवाफ दिन सक्छु।’

उता युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका सहयोगी मिखाइलो पोडल्यकले क्रेमलिनको वफादार नहुँदाको परिणाम प्रिगोजिनले पनि भोग्न बाध्य भएको बताए।

‘क्रेमलिनको वफादार नहुँदाको परिणाम कस्तो हुन्छ भन्ने यो एउटा प्रमाण हो’, उनले भनेका छन्, ‘सन् २०२४ को चुनावअगाडि पुटिनले यदि आफ्नोविरुद्ध कोही उभिन्छ भने उसको हालत के हुन्छ भन्ने सन्देश यस घटनाबाट दिएका छन्। पुटिनको विरोधमा उत्रिनेलाई मारिदिन्छन् भन्ने पुष्टि यसले गरेको छ।’

पोल्यान्डका विदेश मन्त्री ज्बिग्निऊ राउले जो पनि पुटिनको सत्तालाई खतरा पुर्‍याउँछन् उनीहरुको मृत्यु प्राकृतिक नहुने उदाहरण प्रिगोजिन प्रकरणबाट पुष्टि भएको बताएका छन्।

गोजिनले गत जुनमा पुटिनविरुद्ध विद्रोह गरेका थिए। त्यसपछि उनी बेलारूस गएका थिए। तर उनी बेलारुसबाट रुस कसरी फेरि आए भन्ने खुलेको छैन। एक रूसी अधिकारीले स्काई न्युजलाई बताएअनुसार दुर्घटनाको जाँच सुरु भएको छ। दुई दिनअघि मात्रै प्रिगोजिनको एउटा भिडिओ सार्वजनिक भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu