ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको पवित्र लडाइँ’लाई सघाउँछौँ : किम


एबीसी न्यूज
२७ भदौ २०८०, बुधबार   ३ : २२   बजे

काठमाडौं, २७ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनविरुद्ध रुसको युद्धमा पूर्ण र निसर्त सहयोग गर्ने वचन दिएका छन्। यसलाई उनले ‘साम्राज्यवादविरुद्धको पवित्र लडाइँ’ समेत भनेका छन्।

रुसको सुदूर पूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटका क्रममा किमले मस्कोसँगको सम्बन्ध आफ्नो एक नम्बरको प्राथमिकता भएको पनि स्पष्ट पारे।

‘रुस आफ्नो सार्वभौमसत्ता र रक्षाका निम्ति प्रभुत्वशाली शक्तिसँग पवित्र लडाइँ लड्न खडा भएको छ,’ दोभाषेमार्फत किमले पुटिनलाई भने, ‘हामी राष्ट्रपति पुटिन र रुसको नेतृत्वको निर्णयलाई सधैँ समर्थन गर्नेछौँ। र, यो साम्राज्यवादविरुद्धको लडाइँमा हामी साथमा हुनेछौँ।’

गत चार वर्षमा किम र पुटिनबीचको यो दोस्रो भेट हो। २०१९ मा पनि किमले रुसको यात्रा गरेका थिए। कोरोना महामारीपछि यो उनको पहिलो विदेश यात्रा पनि हो।

उनीहरुबीच हतियारका विषयमा सम्झौता हुने आकलन गरिएको थियो। अहिले रुसलाई तोपका गोला लगायत हतियारको आवश्यकता छ।

त्यसैगरी उत्तर कोरियालाई स्याटलाइट प्रविधिको खाँचो छ। गत केही महिनामा जासुसी स्याटलाइट प्रक्षेपण गर्ने उत्तर कोरियाको प्रयास दुई पटक असफल भइसकेको छ।

पुटिनले उत्तर कोरियालाई स्याटलाइट निर्माणमा साउने बताइसकेका छन्।

किम रेल चढेर रुस पुगेका थिए। आफैँले रेलमा ल्याएको लिमोजिन चढेर वार्तास्थल पुगेका थिए। वार्तास्थल वोस्तोच्नी कस्मोड्रोम बन्दरगाह सहर भ्लादिभोस्तोकबाट ६० किलोमिटर टाढा पर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu