ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिक्किममा २३ सैनिक बेपत्ता, हिमताल विस्फोटको आशंका:


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   १ : ०१   बजे

काठमाडौं, १७ असोज ।  उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ ।

अचानक बाढी आउनुको कारण हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।

उत्तरी सिक्किमको चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र धेरै भवन एवं संरचना बगाएर लगेको बताइएको छ ।

बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको हिस्सा समेत बगाएको छ ।

सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको बताइएको छ ।

बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ ।

सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढीको अवस्थाबारे जानकारी लिएका छन् ।

सिक्किममा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षासँगै हिमताल विस्फोट भएर पनि अचानक ठूलो बाढी आएको आँकलन गरिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार सिक्किमको लोनाक हिमताल विस्फोट भएर टिस्ता नदीमा ठूलो बाढी आएको अनुमान गरिएको छ । सिक्किममा अझैं पनि भारी वर्षाको चेतावनी रहेका कारण स्थिति जटिल रहने ठानिएको छ ।

बाढीको थप क्षतिको विवरण आउन बाँकी छ भने, प्रभावित ठाउँहरूमा उद्धार र खोजीका कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको त्रासमा नुवाकोट : बस्ती पुरिए, दर्जनौँ सम्पर्कविहीन, उद्धारमा कठिनाइ

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu