ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आक्रमणलाई प्रतिशोध गर्ने भन्दै इजरायलले गाजावासीलाई घर छाड्न चेतावनी,विद्युत, इन्धन र सामानको आपूर्ति बन्द गर्ने


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   ११ : ०२   बजे

काठमाडौ असोज २१ ।  हमासले गरेको आक्रमणलाई प्रतिशोध गर्ने भन्दै इजरायलले गाजामा बसिरहेका नागरिकलाई घर छाड्न चेतावनी दिएको छ  । गाजाका मानिसहरू ज्यान जोगाउन सम्भव प्रयास गरिरहेका छन् । दक्षिण इजरायलमा साइरनका आवाजहरू सुनिएको छ । इजरायलको सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ ।

गाजामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ५० भन्दा धेरै पुगेको विभिन्न विवरणलाई उद्धृत गरी बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले विज्ञप्तिमार्फत् गाजामा विद्युत, इन्धन र सामानको आपूर्ति बन्द गर्ने जनाएको छ । गाजाबाट प्रहार गरिएका रकेट निस्तेज पार्न इजरायलले डोम एन्टी मिसाइल प्रविधिको प्रयोग गर्दै आएको छ । प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकलाई एउटा

‘लामो र अप्ठेरो युद्ध’ लडिरहेको बताएका छन । प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो ।अमेरिका, भारत र ईयूलगायत विश्व समुदायले यो आक्रमणको भर्त्सना गरेका छन् ।

विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको त्रासमा नुवाकोट : बस्ती पुरिए, दर्जनौँ सम्पर्कविहीन, उद्धारमा कठिनाइ

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu