ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमास–इजरायल युद्धबारे इरानका राष्ट्रपति र साउदीका राजकुमारबीच फोनवार्ता


ABC NEWS
२५ आश्विन २०८०, बिहिबार   १० : १३   बजे

काठमाडौं २५ असोज । इजरायल–गाजा द्वन्द्वका विषयमा इरानका राष्ट्रपति इब्राहिम रायसी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानबीच बुधबार फोनमा कुराकानी भएको छ।

इरान र साउदी अरेबियाको सरकारी मिडियाले उक्त जानकारी दिएका हुन्।

सात वर्षदेखि दुई देशबीच कूटनीतिक सम्बन्ध थिएन तर चीनको मध्यस्थतामा यही वर्षको मार्चमा उनीहरूबीच पुनः सम्बन्ध सुरु भएको थियो। त्यसपछि इरान र साउदी अरबका नेताहरूबीच अहिले पहिलोपटक फोनवार्ता भएको हो।

इरानी मिडियाको रिपोर्टअनुसार रायसी र युवराजबीच ‘प्यालेस्टाइनविरुद्ध युद्ध अपराध अन्त्य गर्ने आवश्यकता’बारे छलफल भएको हो।

साउदी अरेबियाको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदी अरेबियाका युवराजले राज्यले वर्तमान तनाव रोक्न सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय पक्षसँग वार्ताका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।

‘उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए र गाजामा गम्भीर मानवीय संकट र नागरिकमा यसको प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरे।’

उक्त कुराकानीमा युवराजले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न व्यापक र निष्पक्ष प्रयासलाई साउदी अरबले समर्थन गर्ने बताए।

इरान र साउदी अरेबियाबीचको यो वार्ता किन महत्त्वपूर्ण छ, किनभने यस वर्षको सुरुसम्म मध्यपूर्वका यी दुई देश आपसका कडा प्रतिद्वन्द्वी थिए, उनीहरुबीच कूटनीतिक सम्बन्ध पनि थिएन तर मार्चमा दुवै देशले मित्रताको हात अगाडि बढाएका थिए।

चीनको मध्यस्थतामा साउदी अरेबिया र इरानले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने अनपेक्षित घोषणा गरेका हुन्।

सन् २०१६ मा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि इरान र साउदी अरबबीचको सम्बन्ध चिसिएको थियो। त्यसयता सुन्नी बहुल साउदी अरब र शिया बहुल इरानबीच ठूलो तनाव थियो। तर, यो वर्ष दुई देशबीचको सम्बन्धमा सुधार आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group