ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने सहमति, ११ बन्धक रिहा


abc tv
१२ मंसिर २०८०, मंगलबार   ९ : ४१   बजे

तेल अभिभ । इजरायल र हमासबिच दुई दिनका लागि अस्थायी युद्धविराम लम्ब्याउने सहमति भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यस विस्तारित सम्झौता अन्तर्गत हमासले थप २० जना इजरायली बन्धकहरूलाई रिहा गर्ने बताएका छन्।

योसँगै इजरायलको प्रधानमन्त्रीको कार्यालयले थप ५० जना प्यालेस्टिनी बन्दीलाई आफ्नो जेलबाट रिहा गर्ने जानकारी दिएको छ । प्रधानमन्त्रीको कार्यालयले मंगलबार बिहान भन्यो , ‘सरकारले थप ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न अनुमोदन गरेको छ, जसको बदलामा थप इजरायली बन्धकहरूलाई रिहा गरिएको छ।’

गएराति हमासले ११ इजरायली बन्दीलाई रिहा गरेको छ । जसमा जर्मन, फ्रान्सेली र अर्जेन्टिनाका नागरिक पनि सामेल थिए। यसैबिच, इजरायलले राति अबेरसम्म आफ्नो जेलबाट ३३ प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले ट्विटरमा रिहा भएका ११ इजरायलीमध्ये धेरैसँग दुई देशको नागरिकता रहेको बताएका छन् । उनले लेखेका छन्, ‘गाजाबाट रिहा भएका इजरायलीहरूमा तीन फ्रान्सेली नागरिक, दुई जर्मन र छ अर्जेन्टिनाका नागरिक छन्।’

हमास र गाजाको स्थानीय मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले सोमबार राति इजरायलले रिहा गरेका ३३ जनामध्ये ३० जना पुरुष र तीन जना महिला रहेको बताएको छ । यस अस्थायी युद्धविरामको विस्तारसँगै, राहत सामग्रीले भरिएका थप गाडीहरू गाजा पुग्न सक्नेछन्।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो जसमा १२०० मानिस मारिएका थिए भने २४० जनालाई हमासले बन्धक बनाएको थियो । यसपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ जसमा १४५०० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group