ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहेकै दिन सुत्केरी हुने बेहुलीलाई २ लाख जरिवाना


एबीसी न्यूज
२९ माघ २०७४, सोमबार   ४ : १२   बजे

Nepal Live

लहान २९ माघ ।  घरमा भित्रिएको ५ घन्टा नबित्दै छोरा जन्माएकी सिरहाको बरियारपट्टि गाउँपालिका–३ शिवनगरकी सुत्केरी बेहुली जरिवानामा परेकी छिन्। रामवली रामकी छोरी शोभाकुमारी रामलाई गाउँलेहरूले जरिवाना गर्ने निर्णय गरेका हुन्।

पेटमा बच्चा बोकेर अर्कैसँग विवाहका लागि तयार भई आर्थिक रुपमा क्षति पुर्‍याएको र सामाजिक प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै शोभा र उनको परिवारलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको एक गाउँलेले जानकारी दिए।

उनका अनुसार, शनिबार दिउँसो बसेको गाउँलेहरुको बैठकले शोभालाई गर्भवती बनाएर फरार भएको भन्दै प्रेमी शैलेन्द्र राम र उनको परिवारलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। शैलेन्द्र भने रोजगारीका क्रममा यतिबेला कतारमा छन्।

तीन महिनाअघिदेखि नै देखादेख र चिनजान भएपछि सुखीपुर नगरपालिका–४ पोखरियाका २१ वर्षीय उमेशकुमार राम र शोभाको गत शुक्रबार विवाह भएको थियो। घरमा भित्रिए लगत्तै शोभा सुत्केरी भएकी थिइन्। त्यसपछि बेहुला पक्षले शोभासँगै आएका लोकन्तीको साथ लगाएर शोभालाई फिर्ता पठाएका थिए।

शोभालाई माइतीघर नजिकै घर भएका प्रेमी शैलेन्द्रको घरमा भित्र्याइएको छ। नवजात छोरासँगै उनी प्रेमीको घरमा भित्रिएकी छिन्। छिमेकी बहादुर रामका छोरा शैलेन्द्रले शोभाको शिशु आफ्नै भएको स्वीकार गरेपछि परिवारले घरमा भित्र्याएको गाउँलेहरुले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group