ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघ महासभाको माग, नेपालले गर्‍यो समर्थन


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   १ : २३   बजे

काठमाडौं, २७ मंसिर । संयुक्त राष्ट्रसंघको महासभाले युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग गरेको छ । यसमा नेपालले समर्थन गरेको छ ।

राष्ट्रसंघको सुरक्षा परिषद्‍मा अमेरिकाले भिटो प्रयोग गर्दै युद्ध विरामको पक्षमा माहोल बन्न नदिए पनि मंगलरबार महासभाको आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गरेका हुन् । राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये गाजामा युद्धविरामको पक्षमा १५३, विपक्षमा १० र तटस्थ २३ राष्ट्र बसेका थिए ।

गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको छ । नेपालका दुई ठूला छिमेकी भारत र चीनले पनि प्रस्तावको पक्षमा मतदान गरी गाजामा युद्धविराम गर्नुपर्ने सन्देश दिएका छन् ।

मंगलबार भएको मतदानमा अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।

राष्ट्रसंघको महासभामा हुने मतदान राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । तर यो बाध्यकारी भने हुँदैन । इजरायलले गाजामा आक्रमण रोकी युद्धविराम गर्न नमानिरहेका बेला राष्ट्रसंघको महासभाले विश्व समुदाय युद्धविराम र शान्तिको पक्षमा रहेको सन्देश दिएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषद्‍मा गत साता भएको मतदानमा बहुमत सदस्यले युद्धविरामको प्रस्तावको पक्षमा मतादन गरेका थिए । तर अमेरिकाले भिटो प्रयोग गरी त्यसलाई असफल बनाएको थियो । सुरक्षा परिषद्‍मा १५ सदस्य हुन्छन्, जसमध्ये पाँच स्थायी सदस्य हुन्छन् । सुरक्षा परिषद्‍मा अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य छन् । स्थायी सदस्यलाई भिटो प्रयोग गर्ने अधिकार हुन्छ ।

मंगलबार महासभामा युद्धविराम प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि राष्ट्रसंघका लागि प्यालेस्टाइन राजदूत रियाद मन्सुरले यसलाई ‘ऐतिहासिक’ बताएका छन् ।

इजरायल र हमासको युद्ध तेस्रो महिनामा प्रवेश गरेको छ । यसअवधिमा १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणमा परि १४ सयभन्दा बढी इजरायली मारिएका छन् ।

“यो प्रस्तावले आह्वान गर्दैन, माग गर्दछ । हामी यो मागलाई इजरायलले पालना नगरेसम्म आराम गर्ने छैनौं,” प्यालेस्टाइनी राजदूत मन्सुरले भनेका छन् ।

अक्टोबर ७ मा प्यालेस्टाइनी विद्रोही समूह हमासले अचानक इजरायलमा आक्रमण गरेपछि इजरायल–हमास युद्ध सुरु भएको थियो । हमासको आक्रमणमा दश नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । एकजना नेपाली विद्यार्थी विपीन जोशीलाई अझै हमासले बन्धक बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group