ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनिताको स्मृतिमा अक्षयकोष स्थापनाको घोषणा


admin
५ श्रावण २०७४, बिहिबार   ५ : ०८   बजे

काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसका भीमसेनदास प्रधानले व्यवस्थापिका–संसद्को आजको बैठकमा राजधानी काठमाडौँका सडक धरापमा परिणत भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो र सम्बन्धित निकायलाई त्यस्ता धराप पुर्न आग्रह गर्नुभयो ।

संसद्को विशेष समयमा भाग लिँदै उहाँले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापनार्थ आफ्नो एक महिनाको पारिश्रमिक त्यस निम्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।

सांसद भीम रावलले निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनको माग गर्नुभयो । प्रदेश र सङ्घको निर्वाचनका लागि क्षेत्र निर्धारण जरुरी भएकाले आयोग गठनको आवश्यकता जरुरी उहाँको भनाइ थियो ।

सांसद अभिषेकप्रताप साहले भैरहवा भन्सार कार्यालयका केही पदाधिकारी आर्थिक अनियमिततामा लिप्त रहेका र राजस्व छली भएकाले त्यसको अन्त्यका लागि आवश्यक कारबाही गर्न सदन र सरकारको ध्यानाकर्षण गर्नुभयो । साथै उहाँले संसदीय छानबिन टोली गठनको माग पनि गर्नुभयो ।

सांसद शिवचन्द्र चौधरीले एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिइएकामा आपत्ति जनाउनुभयो ।

सांसद अनुराधा थापामगरले ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलका अभिभावकलाई सम्बन्धित अधिकारी र ठेकेदारबाट क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

सांसद जनकराज जोशीले कार्यकारी आदेशबाट राज्य सञ्चालन गर्न खोजेको आरोप सरकारमाथि लगाउँदै संसद्को विशेषाधिकारमा समेत त्यसले प्रतिकूल असर पर्ने विचार व्यक्त गर्नुभयो । सरकारका कार्यकारी आदेश सदनबाट अनुमोदन हुनुपर्ने उहाँको तर्क थियो ।

सांसद आङ्दावा शेर्पाले रामेछापको हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले)का यज्ञराज सुनुवार, दिलमान पाख्रिन, कमलाकुमारी घिमिरे, गुरुप्रसाद बुर्लाकोटीले धादिङ र रामेछापलगायत मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र पुनःस्थापनाको माग गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu