ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको आक्रमणमा राष्ट्रसंघका १४२ कर्मचारीको मृत्यु


एबीसी न्यूज
९ पुस २०८०, सोमबार   २ : ४४   बजे

काठमाडौं, ९ पौष । संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थीको लागि राहत तथा कार्य एजेन्सी ९यूएनआरडब्ल्यूए०ले गाजामा आफ्ना १४२ कर्मचारीको ज्यान गएको बताएको छ ।

गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा बमबारी थालेको थियो । त्यसयता जारी आक्रमणमा गाजापट्टीमा आफ्ना १४२ कर्मचारीको मृत्यु भएको यूएनआरडब्ल्यूएले जनाएको हो ।

“हाम्रो टोलीले अत्यावश्यकतामा परेका मानिसलाई मद्दत गर्न काम गरिरहेका छन् । गाजामा मारिएका १४२ भन्दा बढी सहकर्मीको मृत्युमा हामी स्तब्ध भएका छौँ । उनीहरुको परिवारप्रति हाम्रो समवेदना छ,” राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थी एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

इजरायली आक्रमणमा हालसम्म २० हजार ४०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १ हजार १३९ रहेको अलजजिराले उल्लेख गरेको छ ।

आइतबार मात्रै माघाजी शरणार्थी शिविरमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनी मारिएका छन् । शरणार्थी शिविरमै आक्रमण भएको भन्दै यसलाई प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले नरसंहार भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu