ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओपन एआई र माइक्रोसफ्टविरूद्ध न्युयोर्क टाइम्सले हाल्यो मुद्दा


एबीसी न्यूज
१२ पुस २०८०, बिहिबार   ६ : १५   बजे

काठमाडौं १२ पौष । अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्सले ओपन एआई र माइक्रोसफ्टविरूद्ध मुद्दा दायर गरेको छ।

प्रतिलिपि अधिकारको उल्लंघन गरेको भन्दै न्युयोर्क टाइम्सले बुधबार संघीय जिल्ला अदालत म्यानह्याटनमा मुद्दा दायर गरेको हो।

प्रतिलिपि अधिकारको उल्लंघन गरेको भन्दै एआई कम्पनीविरूद्ध मुद्दा हाल्ने पहिलो समाचार संस्था न्युयोर्क टाइम्स भएको पनि दाबी गरिएको छ।

टाइम्सका अनुसार यसका लाखौं लेखहरूको प्रयोग गरी ‘अटोमेटेड च्याटबट्स’लाई प्रशिक्षण दिइएको थियो। अहिले त्यसैको प्रयोग गरी विश्वासिलो समाचार आउटलेटको रूपमा एआई कम्पनीहरू समाचार संस्थाका प्रतिस्पर्धी बनेको टाइम्सले बताएको छ।

टाइम्सले यस मुद्दामा यकिन बिगो मागदाबी गरेको छैन। तर टाइम्सले गरेका कामहरूको गैरकानुनी तरिकाले ‘कपी’ गरेको भन्दै अर्बौं डलरको क्षतिपूर्ति भराउनुपर्ने जनाएको छ।

यस्तै टाइम्सबाट लिइएका सामग्रीमार्फत् बनेका च्याटबट मोडल र ट्रेनिङ डाटाहरू समेत नष्ट गर्नुपर्ने माग गरेको छ।

टाइम्सले यसबारे चिन्ता व्यक्त गर्दै माइक्रोसफ्ट र ओपनएआईसँग छलफलका लागि प्रस्ताव समेत गरेको मुद्दामा उल्लेख छ। यसबारे

सौहार्दपूर्ण समाधान र व्यापारिक सम्झौता समेत गर्न खोजे पनि त्यसबाट कुनै निकास ननिस्किएको उसले बताएको छ।

ओपन एआईकी प्रवक्ता लिन्ड्से हेल्डले एक विज्ञप्ति जारी गर्दै टाइम्सले हालेको मुद्दाप्रति निराशा व्यक्त गरेकी छन्।

हामी कन्टेन्ट क्रिएटर र त्यसका मालिकहरूको अधिकारको सम्मान गर्छौं र एआई प्रविधिको लाभ सुनिश्चित गर्न उनीहरूसँग काम गर्न तयार छौं,’ हेल्डले भनेकी छन्, ‘हामी दुबै पक्षलाई पारस्परिक रूपमा फाइदा हुने गरी काम गर्नेमा आशावादी छौं, जसरी हामीले थुप्रै प्रशासकहरूसँग काम गरिरहेका छौं।’

यसबारे माइक्रोसफ्टले न्युयोर्क टाइम्सलाई प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu