ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुटिन र ट्रम्पबीच अमेरिकामा रसियाली बालबालिकाबारे कुराकानी भएको क्रेमलिनको दाबी


admin
६ श्रावण २०७४, शुक्रबार   १२ : ४३   बजे

मस्को (रसिया), ५ साउन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन तथा उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच अमेरिकी नागरिकद्वारा रसियाली बालबालिकाको अङ्गीकारका बिषयमा जी–२० शिखर सम्मेलनको अवसरमा छलफल गर्नुभएको क्रेमलिनले बिहीबार जनाएको छ ।

अमेरिकी नागरिकद्वारा रसियाली बालबालिकाको अङ्गीकार गरेको बिषयमा छलफल भएको कुरा म विश्वास दिलाउन चाहन्छु तर यसबारे थप कुरा भन्न सक्दिन, क्रेमलिन प्रवक्ता दिमित्री पेश्कोभले नियमित पत्रकार सम्मेलनमा बताउनुुभयो ।

प्रवक्ताले अमेरिकी नागरिकले रसियाली टुहुरा बालबालिकालाई अङ्गीकार गर्नमा प्रतिबन्ध लगाइएको दिमा याकोभलेभ कानून रद्द गरिन लागेको हो त भन्ने विषयको खण्डन गर्नुभयो र थप्नुभयो, “यो बिषय छलफल भएको छैन ।”

जुन सन् २०१२ को डिसेम्बरमा रसियाली राष्ट्रपति पुटिनले ल्याउनुभएको कानूनलाई अमेरिकाको म्याग्निट्स्की ऐनको बदलास्वरूप ल्याइएको बताइने गर्छ । उक्त ऐन अमेरिकाले सन् २०१२ को अन्त्यतिर नै ल्याएको थियो ।

म्याग्निट्स्की ऐनले रसियाली वकिल सर्गेइ म्याग्निट्स्कीको हत्यामा सम्लग्न मानिएका रसियाली अधिकारीमाथि राजश्व छलीको आरोपमा लगाई अमेरिका भ्रमणमा रोक लगाउन भिसा नदिने र उनीहरूको सम्पत्ति जफत गर्ने विषयको व्यवस्था गरेको थियो ।

अमेरिकी सञ्चारमाध्यमले यसहप्ताको शुरुदेखि नै पुटिन र ट्रम्पबीच जी–२० शिखर सम्मेलनको अवसरमा दुई घण्टाको औपचारिक कुराकानी बाहेक गोप्य दिवा भोजमा सरिक भएको समेत छापेका थिए ।

ह्वाइट हाउसले बुधबार एक विज्ञप्ति जारी गर्दै दुई नेताबीच दिवा भोजमा छोटो कुराकानी बाहेक कुनै दोस्रो छलफल नभएको जनाइएको थियो ।

यस विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै गोप्य भोजबार आएका खबर सवै बनावटी अर्थात् आधारहीन समाचार भएका भन्दै बुधबारै खण्डन गर्नुभएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group