ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा दुर्घटनामा परी नौ र चीनमा ११ जनाको मृत्यु


admin
७ श्रावण २०७४, शनिबार   ४ : ००   बजे

नयाँदिल्ली÷चीन, ७ साउन । भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

दवै घटनामा परी कम्तीमा ३१ जना घाइते भएको अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

भारतको राजस्थान राज्यमा शनिबार भएको बस दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् ।

उदयपुर सहरको नेहला गाउँ नजिकै बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका नौ जनामध्ये छ जना महिलाको घटनास्थलमै ज्यान गएको थियो । अन्य घाइतेलाई उपचारका लागि नजिकैको स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

उपचार गराइरहेका मध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी चीनको हेबेई प्रान्तमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।

स्थानीय प्रहरी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, मृतकमध्ये आठ जनाको घटनास्थलमै र अन्य तीन जनाको अस्पताल मृत्यु भएको हो ।

राष्ट्रिय राजमार्गमा पर्ने हऔंगमेइ टाउनसिपमा भएको दुर्घटनामा घाइते भएका सात वर्षदेखि ७० वर्षसम्म रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको अवस्था जटिल रहेको अस्पतालको भनाइ छ ।

दुर्घटनाको कारण स्पष्ट भइनसकेकाले प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

 

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu