ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइफाइको नाम युक्रेनको समर्थनमा राखेपछि रुसका विद्यार्थीलाई जेल सजाय


एबीसी न्यूज
२७ फाल्गुन २०८०, आइतबार   १२ : ०२   बजे

काठमाडौं २७ फागुन । वाइफाइ नेटवर्कको नाम युक्रेनको समर्थनमा राखेको आरोपमा रुसका एक विद्यार्थीलाई जेल सजाय भएको छ ।

आफ्नो वाइफाइको नाम ‘स्लावा युक्रेन’ अर्थात् ‘युक्रेनको जय होस्’ राखेका मस्को स्टेट युभिर्सिटीका विद्यार्थीलाई अदालतले १० दिनको जेल सजाय सुनाएको हो ।

रुसको राजधानी मस्कोस्थित अदालतले ती विद्यार्थीलाई विहीबार अदालतले चरमपन्थी संस्थाको प्रतीक प्रदर्शन गरेको आरोपमा सजाय सुनाएको बीबीसीले जनाएको छ ।

उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको छात्रावासको कोठाबाट वाइफाइको राउटर र कम्प्युटर लगायतका विद्युतीय उपकरण पनि प्रहरीले बरामद गरेको छ ।

रुसले युक्रेनमा आक्रमण थालेको करिब दुई वर्ष भइसकेको छ । यसबीचमा रुसी हमलाको विरोध गर्ने र युक्रेनको समर्थन गर्ने हजारौंले जेल वा जरिमानाको सजायँ पाएका छन् ।

रुसले युक्रेनमा हमला गरेयता युक्रेनको समर्थनमा ‘स्लावा युक्रेन’ अर्थात् ‘युक्रेनको जय होस्’ नारा लोकप्रिय छ । रुसको विरोधमा हुने प्रदर्शनमा प्रायः यो नारा लगाउने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu