ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले आफ्ना कर्मचारीलाई जेरूसलेम र तेल अविभ लगायतका सहर भ्रमणमा प्रतिबन्ध लगायो


एबीसी न्यूज
३० चैत्र २०८०, शुक्रबार   ४ : ४६   बजे

काठमाडौं ३० चैत ।   अमेरिकाले इसराइलस्थित दूतावासमा कार्यरत आफ्ना कर्मचारीहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ। इसराइलमा इरानले आक्रमण गर्ने खतरा रहेकाले अमेरिकी दूतावासमा कार्यरत आफ्ना नागरिकहरूलाई बाहिर ननिस्कन भनेको हो।

बिबिसीका अनुसार इसराइलस्थित अमेरिकी दूतावासले जेरूसलेम, तेल अविभ, बेरसेवा लगायतका क्षेत्रहरूमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

इसराइलले ११ दिनअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डर र सैन्य अधिकारीसहित १३ जना मारिएका थिए।

इरानले उक्त आक्रमणमा इसराइलको हात रहेको बताउँदै त्यसको बदला लिने घोषणा गरेको थियो। यद्यपि इसराइलले उक्त आक्रमणको जिम्मा लिएको छैन।

इसराइल अक्टोबरदेखि प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासँगको लडाईंमा छ। सोही क्रममा हिजबुल्लाह लगायत हमासका अन्य सहयोगी विद्रोही समूहसँग उसको युद्ध जारी छ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइलमा इरानी आक्रमणको खतराबारे बताउँदै त्यसमा इसराइललाई रक्षा गर्न अमेरिका तयार रहेको बताएका थिए।

इसराइलमा इरानले आक्रमण गर्छ कि उसको तर्फबाट सहयोगी राष्ट्र तथा अन्य विद्रोही समूहले आक्रमण गर्छ भन्ने निश्चित नभएको बिबिसीले उल्लेख गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group