ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी आक्रमणविरुद्ध इजरायलको रक्षामा उत्रिए अमेरिका र बेलायत


एबीसी न्यूज
२ बैशाख २०८१, आइतबार   १ : १०   बजे

काठमाडौं २ बैशाख । इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ ।  सीबीएस न्यूजसँग कुरा गर्दै दुई अमेरिकी अधिकारीले अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जिकिर गरेका छन् । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने नखुलाइएको बीबीसीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

उता, बेलायतले पनि आफ्नो रोयल एयर फोर्स ९आरएएफले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको बीबीसीले लेखेको छ । बेलायतको रक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इङ्गल्याण्डका प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको आलोचना गर्दै इजरायललाई समर्थन गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।

इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि इजरायलमा आक्रमण सुरु गरेको थियो । आक्रमणबाट इजरायलका सैन्य क्याम्पमा क्षति पुगेको र एक जना घाइते भएको प्रारम्भिक विवरणहरु सार्वजनिक भएका छन् । तर क्षतिको विस्तृत विवरण आइसकेको छनै ।

इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गर्दै यसको बदला लिन इजरायलमाथि हमला गरेको छ । तर हालसम्म इजरायलले सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।

सो आक्रमणमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीसहित ७ जना मारिएका थिए ।

इरानले इजरायलमा आक्रमण गरेपछि विश्व तरंगित भएको छ । भारतले दुई देशबीचको तनावले पश्चिम एसियाकै शान्ति खलबल्याएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

इजिप्ट, फ्रान्स, चीन लगायतले पनि यो घटनाप्रति ध्यानाकर्षण भएको भन्दै संयमित हुन अपिल गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group