ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   १ : ५८   बजे

काठमाडौं ४ बैशाख । इरानले सप्ताहन्त्तमा इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्ना आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी ९आइएइए०का प्रमुख राफेल ग्रोसीलाई आक्रमाणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजरायली आक्रमणको सम्भावनाप्रति चिन्तित हुनुहुन्छ भनी प्रश्न गरेका थिए ।

“हामी सधैँ यसको सम्भावनाको बारेमा चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सोमबार आणविक केन्द्रहरू पुनः खुल्नुपर्ने थियो तर निरीक्षकहरू अर्को दिनसम्म फर्कने छैनन् । ‘अत्यधिक संयमता’ अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “स्थिति पूर्ण शान्त नभएसम्म मैले निरीक्षकहरूलाई फर्कन नदिने निर्णय गरेँ ।”

दमास्कसमा आफ्नो वाणिज्य दूतावासको भवनमा भएको हवाई आक्रमणको जवाफमा इरानले आइतबार राति इजरायलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो । दमास्कसमा भएको इजरायली आक्रमणमा इरानका दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

इजरायल र उसका सहयोगीहरूले इरानका अधिकांश हतियारलाई खसाएको थियो र इरानी आक्रमणमा सामान्य क्षति भएको थियो तर सम्भावित इजरायली प्रतिशोधका बारेको चिन्ताहरूले पुनः क्षेत्रीय युद्धको डर उत्पन्न गरेको छ । इजरायलले पहिला पनि यस क्षेत्रमा आणविक स्थलहरू विरुद्ध कारबाही गरिसकेको छ ।

सन् १९८१ मा वासिङ्टनले विरोध गरे पनि इजरायलले सद्दाम हुसेनको इराकमा ओसिरिक आणविक रिएक्टरमा बम हमला गरेको थियो । साथै उसले सन् २०१८ मा ११ वर्षअघि सिरियामा एउटा रिएक्टरविरुद्ध उच्चस्तरको गोप्य हवाई हमला सुरु गरेको स्वीकार गरेको थियो ।

तेहरानले इजरायलमाथि सन् २०१० मा दुई इरानी आणविक भौतिकविद्को हत्या गरेको र गत वर्ष एउटा अर्को अपहरण गरेको आरोप लगाएको छ । यसका साथै सन् २०१० मा स्टक्सनेट भाइरसको प्रयोगमार्फत परिष्कृत साइबर हमलाका कारण युरेनियम संवर्धनका लागि प्रयोग गरिने इरानी सेन्ट्रिफ्युजमा शृङ्खलाबद्ध तरिकाले खराबी आएको थियो । तेहरानले यसका लागि इजरायल र संयुक्त राज्य अमेरिकालाई दोष दिएको थियो ।

इजरायलले इरानमाथि आणविक बम हासिल गर्न चाहेको आरोप लगाएको छ । इरानले उक्त आरोपलाई अस्वीकार गरेको छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group