ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीका सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेनमा ‘केवल शान्ति’ बारे छलफल गर्ने


एबीसी न्यूज
४ बैशाख २०८१, मंगलबार   २ : ०१   बजे

काठमाडौं ४ बैशाख । जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ बारे छलफल गर्ने बताउनुभएको छ ।

“राष्ट्रपति सीसँगको मेरो भेट हामी कसरी युक्रेनमा न्यायपूर्ण शान्तिका लागि थप योगदान दिन सक्छौँ भन्ने कुरामा केन्द्रित हुनेछ”, सोल्सले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भन्नुभयो, “मेरो पछिल्लो चीन भ्रमणदेखि नै हाम्रा सरकारबिच गहन आदानप्रदान भएको छ ।”

यसअघि सोल्सले बर्लिनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बेइजिङको तीन दिने भ्रमणको अन्तिम दिन चिनियाँ राष्ट्रपति सीलाई भेटेको र दुवैले राजधानीमा डियाउटाई स्टेट गेस्टहाउसमा अनौपचारिक छलफल गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले बताएका थिए ।

सोल्सको लक्ष्य व्यापार सम्बन्धलाई बलियो बनाउनु रहेकाले भ्रमणले उहाँलाई दक्षिणपश्चिमी मेगासिटी चोङकिङ, आर्थिक महाशक्ति साङ्घाई र राजधानी बेइजिङ लगेको छ । चान्सलर सोल्सको आइतबारदेखि मङ्गलबारसम्मको चीन भ्रमणमा मन्त्री र व्यावसायिक अधिकारीहरूको एउटा ठूलो प्रतिनिधिमण्डल पनि गएको छ । पदभार ग्रहणपछि यो उहाँको दोस्रो चीन भ्रमण हो ।

मङ्गलबार उहाँले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेट गर्ने र जर्मन–चिनियाँ आर्थिक समितिसँग बसेर पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ । जर्मनीका धेरै पश्चिमी सहयोगीहरू व्यापारिक मुद्दाहरूमा चीनको सामना गरिरहेका बेला सोल्सको चीन भ्रमण भएको छ ।

ब्रसेल्समा चिनियाँ सौर्य प्यानल, विद्युतीय कार र वायु टरबाइनका लागि राज्य सहयोगको अनुसन्धान भइरहेको छ । यसैबीच अमेरिकाले कारहरूमा चिनियाँ प्रविधिबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमहरूको अनुसन्धान गरिरहेको छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group