ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल


एबीसी न्यूज
१० बैशाख २०८१, सोमबार   १ : १५   बजे

काठमाडौं १० बैशाख । वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायबारे व्याख्या गर्नेछन् ।

सिङ्गापुरका शिक्षामन्त्री चान चुन सिङले शिक्षण पेशासम्बन्धी १४औँ अन्तर्राष्ट्रिय शिखर सम्मेलनको उद्घाटन समारोहमा भन्नुभयो, “प्राविधिक आविष्कार र जीवनभर सिकाइको आवश्यकता लगायतका आधारभूत परिवर्तनले आगामी वर्षहरूमा शिक्षालाई आकार दिनेछ ।”

उहाँले शिक्षा क्षेत्रलाई सिकाइको विज्ञानलाई अँगाल्न, सिकाइका लागि बलियो सामाजिक र पारिवारिक वातावरण निर्माण गर्न मागसँग मेल खाने भविष्यका सीपहरू पहिचान गर्न आह्वान गर्नुभयो ।

‘पुनः परिकल्पना गर्ने शिक्षा, सम्भाव्यताको अनुभूति’ भन्ने विषयवस्तुमा रहेको कार्यक्रममा सिकाइको भविष्य, शिक्षा र व्यावसायिक तालिमलाई रूपान्तरण गर्न प्रविधिको भूमिका र जीवनका लागि सिकाइलाई सहयोग गर्न साझेदारीको महत्त्वलगायतका विषयमा छलफल भएका छन् ।

शिखर सम्मेलनमा एसिया, युरोप, उत्तर अमेरिका र ओसिनियाका १८ वटा प्रतिनिधिमण्डलका शिक्षा अधिकारी, शिक्षक सङ्घका प्रमुख र शिक्षक नेताहरू सहभागी छन् । कार्यक्रममा प्रतिनिधिहरूले सिङ्गापुरका प्राथमिक र माध्यमिक विद्यालयहरू, उच्च शिक्षा संस्थानहरू र अन्य प्रशिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् । राससरसिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group