ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्‍यो


एबीसी न्यूज
१२ बैशाख २०८१, बुधबार   ३ : ३२   बजे

काठमाडौं १२ बैशाख । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स ९एबिएस० ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।

तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क ९सिपिआई० एक प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा तीन दशमलव छ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सिपिआईमा चार दशमलव एक प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ ।

एबिएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभन्दा महत्त्वपूर्ण चालकका रूपमा पहिचान गरेको छ ।

मार्चको अन्त्यमा आवासको मूल्य २०२४ को प्रारम्भको तुलनामा शून्य दशमलव सात प्रतिशत र १२ महिनाअघिको तुलनामा चार दशमलव नौ प्रतिशतले बढी थियो ।

एबिएसका मूल्य तथ्याङ्क प्रमुख मिचेल मार्कवार्टले आवासमा त्रैमासिक वृद्धि मुख्यतया भाडाद्वारा सञ्चालित भएको बताउनुभयो । “राजधानीका सहरहरूमा कम रिक्ति दरहरूको आधारमा त्रैमासिकमा भाडाको मूल्य दुई दशमलव एक प्रतिशतले बढेको छ । हरेक १५ वर्षमा सबैभन्दा तीव्र दरमा भाडा बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

तीन महिनाको अवधिमा शिक्षा खर्च पाँच दशमलव नौ प्रतिशत र स्वास्थ्य खर्च दुई दशमलव आठ प्रतिशतले बढेको छ । यसै अवधिमा मासु र समुद्री खानाको मूल्य शून्य दशमलव सात प्रतिशतले घटेको छ । यद्यपि गैर–मादक पदार्थ, फलफूल तथा तरकारीको मूल्य भने बढेको छ । राससरसिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

सीआईए निर्देशक रेटक्लिफको अचानक मस्को भ्रमण, उद्देश्यबारे रहस्य कायम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu