ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेण्डामा


एबीसी न्यूज
१६ बैशाख २०८१, आइतबार   १२ : ३६   बजे

काठमाडौं १६ बैशाख । गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आइतबार विशेष बैठकको आह्वान गरिएको छ ।

विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबिच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।

साउदी अरबका योजनामन्त्री फैजल अल–इब्राहिमले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “विश्व अहिले सुरक्षा र समृद्धिलाई सन्तुलित बनाउने प्रयासमा छ ।

“हामी यस्तो क्षणमा भेट्छौं जब एक गलत निर्णय वा एक गलत अनुमान वा एक गलत सञ्चारले हाम्रो चुनौतीलाई अझ बढाउनेछ ।

एएफपीले इजरायली आधिकारिक तथ्याङ्कको आँकडाअनुसार अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट सुरु भएको गाजा युद्धका कारण करिब एक हजार १७० व्यक्तिको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए ।

आक्रमणका क्रममा गत अक्टोबर ७ मा लडाकुहरूले कब्जामा लिएका १२९ जना बन्धकहरू अझै गाजामा रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ ।

बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् ।

उक्त अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली सङ्घका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहेको ब्रेन्डेले शनिबार जानकारी दिनुभयो ।

सम्मेलनमा वासिङ्टनका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने अपेक्षा गरिएको आयोजक साउदी अरबले जनाएको छ ।

विश्व आर्थिक मञ्च ९डब्ल्युइएफ० का अध्यक्ष बोर्गे ब्रेन्डेले शनिबार रियादमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीन भ्रमणपछि इजरायल जाने क्रममा साउदी अरबमा पुग्नुहुने कार्यक्रम तय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाजामा हामीले सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकहरूबारे केन्द्रित वार्तामा अब केही नयाँ गति आएको छ । सम्मेलनमा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षहरूमा पनि छलफल हुने भएकोले यो धेरै परिणामी बैठक बन्ने सबै सम्भावना छन् ।”

हमासले गाजामा सम्भावित युद्धविरामका सम्बन्धमा इजरायलको पछिल्लो प्रति प्रस्तावबारे शनिबार अध्ययन गरिरहेको बताएको छ भने सञ्चार रिपोर्ट अनुसार वार्ताको मध्यस्थता गरिरहेको इजिप्टको एक प्रतिनिधिमण्डल अवरुद्ध वार्ता सुरु गर्न इजरायल पुगेको उल्लेख गरिएको छ ।

साउदी अरबले इजरायललाई कहिल्यै मान्यता दिएको छैन तर अक्टोबर ७ मा भएको आक्रमणअघि नै इजरायललाई मान्यता दिनेबारे विचार गरिरहेको छ । रियाद र वासिङ्टनले आफ्नो सुरक्षा साझेदारीलाई अझ मजबुत बनाउने सम्झौतामा वार्ता जारी छ ।

साउदी अधिकारीहरूले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको महत्त्वाकाङ्क्षी दृष्टिकोण सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पु¥याउन सक्ने आशङ्का व्यक्त गरेका छन् । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group