ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपको सपनाभन्दा पहिला साफ र एसियन गेम्समा ध्यान दिऔँ- साम्बा


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   ११ : ४८   बजे

काठमाडौं १५ जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ क्लबकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले नेपालले विश्वकपको सपना देख्नुभन्दा पहिला साफ च्याम्पियनसिप र एसियन गेम्सलाई ध्यान दिन जरुरी रहेको बताएकी छिन्।

फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्ट गुएङग्याम्पमा आबद्ध साम्बा मंगलबार स्वदेश फर्किएकी हुन्।

त्रिभुवन विमानस्थलमा नेपालखबरसँग युरोपियन लिगको अनुभव सुनाउँदै साम्बाले अन्य देशका खेलाडी प्रशिक्षणमा व्यस्त हुँदा नेपालका खेलाडी भने फुर्सदिला रहेको बताएकी छिन्।

 

उनले भनिन्, ‘अहिलेको अवस्थामा महिला फुटबलको अवस्था देखेर प्रायोजक पनि पछि सर्न थालेकाले एन्फाले सोच्नुपर्ने बेला आएको छ।’

फ्रान्सेली लिगको अनुभव सुनाउँदै साम्बाले सुरुवातमा आफुलाई केही असहज भएपनि विस्तारै बानी परेको बताइन्।

सन् २०२३–२४ को सिजन सकिएसँगै साम्बा माल्टा र डेनमार्कमा सम्मान कार्यक्रम थापेर स्वदेश फर्किएकी हुन्। आगामी सिजन पनि गुएङग्याम्पमा नै रहने साम्बा केही समय नेपालमा रहनेछिन्।

इजरायलको हापोयल रानानाबाट युरोपियन लिगमा डेब्यु गरेकी साम्बाले हमास आक्रमणपछि इजरायल छाडेकी थिइन्।

त्यसपछी फ्रान्सको शीर्ष डिभिजन क्लबमा आबद्ध भएकी थिइन्। सिजनको बीचमा गुएङग्याम्पमा जोडिएकी साम्बाले सुरुवातमा भाषाको समस्या भएपनि पनि अझै सिक्नका लागि फ्रान्सेली क्लबमा नै रहने निर्णय गरेको बताइन्।

 

फ्रान्सेली लिगबाट वाफ च्याम्पियनसिप खेल्न साउदी अरब पुगेकी साम्बा उतैबाट फ्रान्स फर्केकी थिइन््। फिफा विन्डोको कारण साम्बाले वाफको फाइनल गुमाएकी थिइन्। वाफमा सर्वाधिक गोलकर्ता बनेकी साम्बाले व्यवसायिक सम्झौताका कारण आफुले वाफको फाइनल खेल्न नपाएको समेत प्राष्ट पारिन्। समर्थकलाई साम्बाले आफ्नो बाध्यता बुझ्न आग्रह गर्दै सधै साथको लागि समेत आग्रह गरिन्।

वाफ पछि साम्बा लगायत अन्य नेपाली खेलाडीलाई साउदीका क्लबले चासो देखाएका छन्।

यसलाई साम्बाले सकारात्मक रुपमा लिएकी छिन्। उनले भनिन्, साउदीले महिला फुटबललाई प्राथमिकता दिदै अघि बढेकाले नेपाली खेलाडीलाई आउने अवसर आफ्नो क्षमताको कारण रहेकाले यसलाई सकारात्मक रुपमा लिएको बताइन्।

नेपालले आगामी असोजमा बंगलादेशमा साफ च्याम्पियनसिप खेल्दैछ। अन्य देशले साफको तयारी सुरु गर्दा नेपाली टोलीको भने प्रशिक्षणको टुङगो छैन।

महिला फुटबल नहुँदा विभागीय क्लबले खेलाडीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएकाले एन्फाले लिग गराउन जरुरी भैसकेको साम्बाले बताइन्।

राष्ट्रिय टोलीका केही खेलाडीले भारतिय लिग खेलेपनि अन्य खेलाडीलाई गाह्रो हुने भएकाले एन्फाले ध्यान दिन जरुरी भैसकेको बताइन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu