ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाठेघरसम्बन्धी रोगको उपचार


एबीसी न्यूज
१२ फाल्गुन २०७४, शनिबार   ११ : ४२   बजे

 

नुवाकोट, १२ फागुन ।  जिल्लाको दुर्गम र भौगोलिकरुपमा विकट मानिएको दुप्चेश्वर गाउँपालिकामा ९२८ महिलाको पाठेघरको उपचार गरिएको छ ।

गाउँपालिकाद्वारा सञ्चालन गरिएको साताव्यापी ‘पाठेघर खस्ने स्वास्थ्य शिविर एवं क्यान्सरसम्बन्धी जनचेतना’ कार्यक्रममा ती महिलाको पाठेघरसम्बन्धी रोगको उपचार गरिएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अबको पाँच वर्षमा सबै नागरिकलाई स्वस्थ्य उपचारको पहुँचमा ल्याउने अभियानअन्तर्गत समाजमा विद्यमान लुकेका तथा लुकाइएका पाठेघर रोगसम्बन्धी उपचारका लागि बस्तीमा नै पुगेर बिरामीको परीक्षण गरिएको छ ।

सो गाउँपालिकाका सातवटै वडामा पुगेर डा सरस्वती तामाङ र डा निर्मला रिमालसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले महिलालाई पाठेघर खस्ने र स्तनक्यान्सरसम्बधी परीक्षण तथा यससम्बन्धी जनचेतनामूलक खुल्ला कक्षा सञ्चालन गरिएको थियो ।

परीक्षणका क्रममा १७ जना महिलाको पाठेघरमा संक्रमण भइसकेको पाइएकाले शल्यक्रिया गराउन उनीहरुलाई काठमाडाँै लैजाने अध्यक्ष तामाङले बताउनुभयो । “रोग लागेमा उपचारको पहुँचमा नभएका र भएकाले पनि लाजका कारण लुकाउँदै आउने गरेको जानकारीका आधारमा बस्ती–बस्तीमा पुगेर शिविर चलाएका छौँ,” उहाँले भन्नुभयो “सामान्य प्रकृतिका बिरामीलाई औषधि उपलब्ध गराएको र गम्भीर तथा संवेदनशील देखिएकालाई गाउँपालिकाको खर्चमा उपचार गराउन काठमाडौँ लैजान लागिएको छ ।”

शिविरमार्फत पाठेघर र स्तन क्यान्सरसम्बन्धी जनचेतनासमेत गराइएकाले क्रमशः जागरुक हुँदै बिरामी आफँै पनि अब उपचारतर्फ लाग्न सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभयो ।

“संक्रमण भएर पनि लुकेका र लुकाइएका रोग पाठेघर र स्तनक्यान्सर भएकाले यस सम्बन्धी उपचार सेवा शुरु गरेका हौँ,” आचार्यले भन्नुभयो “अझै धेरै संख्याका बिरामी सम्पर्कमा आउन बाँकी हुनसक्छन, उनीहरुका लागी वार्षिकरुपमा शिविर सञ्चालन गर्ने सोच बनाएका छाँै ।”

जिल्लाकै दुगर्म क्षेत्र, शैक्षिकरुपमा कमजोर स्थित, जनचेतनाको अभावका कारण रोगसम्बन्धी जानकारी नभएका र भएकाले पनि बेवास्ता गर्दै आएकालाई उपचारभन्दा पनि पहिलो चरणमा सचेतनामा जोड दिइएको छ ।

उक्त शिविर सञ्चालनमा गाउँपालिकाको रु सात लाख खर्च भएको र प्राविधिकतर्फको जनशक्ति मेरी स्टोप्स सर्भिसेजले उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Montana Considers Expanded Wolf Cull Despite Public Concerns and Limited Economic Impact

Brazil’s Presidential Election: Lula and Bolsonaro Vie for Leadership

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

जुरीखेत स्कारपियो दुर्घटनामा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते

सभामुख र उपसभामुखको भूमिकामाथि एमाले महासचिव पोखरेलको प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu