ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ६ को नामाकरण: कर्णाली प्रदेश , राजधानी वीरेन्द्रनगर


एबीसी न्यूज
१२ फाल्गुन २०७४, शनिबार   ३ : ५५   बजे
सुर्खेत, १२ फागुन ।   ६ नम्बर प्रदेशको   कर्णाली प्रदेश हुने भएको छ ।  आज (शनिवार) बसेको प्रदेश सभाको चौथो बेठकले प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी वीरेन्द्रनगर रहेने प्रस्ताव पारित गरेको छ । यससँगै प्रदेशको नामाकरण र राजधानी बारे निर्णय गर्ने ६ नम्बर प्रदेश पहिलो बनेको छ । शनिवारको संसद बैठकमा सभामुख राजबहादुर शाहीले एमाले नेता यामलाल कंडेलले पेश गरेको ‘कर्णाली प्रदेश र राजधानी सुर्खेत’ भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले वैठकमा संवैधानिक व्यवस्था अनुरुप प्रदेशको भौगोलिक, पहिचान, सांस्कृतिक आधारमा प्रदेशको नाम कर्णाली प्रदेश राख्न निर्णयार्थ प्रस्ताव पेश गरेका थिए ।

उनले सबै दलहरुबीच छलफल र सहमतिका आधारमा यो प्रस्ताव तयार पारिएको बताए । उनको प्रस्तावलाई सभामुख राजबहादुर शाहीले संसदमा निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा ३७ मत परेको थियो भने विपक्षमा कुनै मत परेन ।

एमाले नेता कंडेलले प्रस्ताव गरेको  प्रदेशको नाम ‘कर्णाली’ लाई नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले समर्थन जनाएका थिए ।

सत्तापक्षले राखेको प्रस्तावलाई प्रमुख प्रतिपक्षि दलले समेत सर्मथन गरेको हो ।  उनले यो प्रदेश अब आर्थिक गन्तव्य तर्फ अग्रसर भएको बताए । ‘भौगोलिक रुपमा विकट भएपनि हामीले हाम्रा प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेका छैनौं ।’ उनले भने, ‘विकास निर्माण, प्रजातन्त्रका कुरामा हामी पक्ष विपक्ष हुनेछैनौं ।’ यो ऐतिहासिक घडि भएको बताउँदै प्रदेशको नाम र राजधानी तोक्ने विषयमा हामीबीच असहमति  रहेको छैन  उनले भने ।

अर्का सांसद वीरबहादुर शाहीले पनि नेता कंडेलको उक्त प्रस्तावमा माथि सर्मथन जनाएका थिए ।

राप्रपा सांसद सोशिला शाहीले पनि नेता कंडेलले राखेको उक्त प्रस्तावमाथि सर्मथन जनाएकी थिईन । उनले प्रदेशको नाम कर्णाली प्रदेश हुनुपर्ने र राजधानी मौसमी बनाउनुपर्ने माग गरिन ।

सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव पेश भइसकेपछि छलफलका लागि सांसदहरुलाई समय दिए । छलफलमा सांसदहरु कौशिलावती खत्री,  सीता कुमारी नेपाली, सांसद हिमबहादुर शाही, दानसिंह परियार, पदमबहादुर रोकाया, कृष्णा शाहलगायतले सहभागिता जनाउदै सर्मथन जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

बर्दियामा बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

साना तथा मझौला उद्यमीलाई वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकको जोड

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

बागलुङमा पहिरोको उच्च जोखिममा १७ घर, ४४ घर जोखिममा

भदौ २ मा बझाङमा भारी वर्षा, थलरामा ९८.८ मिलिमिटर पानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu