ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चुनौती थपिँदै


एबीसी न्यूज
१२ फाल्गुन २०७४, शनिबार   ४ : २३   बजे

वीरगञ्ज १२ फागुन।  टाँगिया बस्ती व्यवस्थापन हुन नसक्दा राष्ट्रिय गौरबको परियोजनाका रुपमा रहेका दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा चुनौती थपिँदै गएको छ ।

प्रदेश नं २ अन्तर्गत बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पर्ने टाँगियाबस्ती सबैभन्दा ठूलो बस्ती हो । सरकारले उक्त बस्तीलाई अन्यत्र व्यवस्थापान गर्न ढिलाइ गर्दा विमानस्थल निर्माणमा चुनौती थपिँदै गएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय जीतपुर सिमराले जनाएको छ ।

करिब ६५० बिगाहा क्षेत्रफलमा फैलिएको टाँगिया बस्तीमा आठ हजार भन्दा बढी जनसंख्या छ । विस २०३१ तिर सिन्धुली, रामेछाप, काभ्रेलगायतका पहाडी जिल्लाबाट तामागढी क्षेत्रको वन जंगल फँडानीपछि रोपिएका बिरुवा गोडमेल तथा बाली लगाउनका लागि सुकुम्वासीलाई ल्याएर बस्ती बसाएको गाउँ हो– टाँगियाबस्ती

विस्तारै यो बस्तीले घनारुप लिएपछि अहिले सोही बस्तीको मध्य भागमा पर्नेभयो– दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग । विमानस्थल क्षेत्रभित्र पर्ने टाँगिया बस्तीको सरकारले उचित व्यवस्थापन गरे मात्र विमानस्थलको निर्माणको काम अघि बढ्ने आयोजना प्रबन्धक रामहरि महर्जनले राससलाई बताउनुभयो ।

यो बस्तीमा रहेको एक हजार ४७६ घरधुरी सुकुम्वासी परिवारले सरकारले हामीलाई उचित पुनःवास र मुआब्जा माग गर्दैआएको छ । वर्षांैदेखि विकासको पूर्वाधारबाट वञ्चित रहेको टाँगियावासी मुआब्जाबापत आयोजनास्थलको तीन किलोमिटरभित्र भौतिक पूर्वाधारसहित प्रतिपरिवार दुई बिगाहा पाँच कठ्ठाका दरले जग्गा पाउनुपर्ने, घरसार्ने खर्च तथा डेढ वर्षसम्म रासन, पानी, भरनपोषन र एक घर एक रोजगारीलगायत सात बँुदे मागअघि सार्दै आएको छ ।

‘हामी त जीवनभर सुकुम्वासी भएर बाच्यौं’ तर हाम्रो भावी सन्तती सुकुम्वासी भएर बाच्नु नपरोस् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ – आफ्नो पीडा पोख्दै टांँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले भन्नुभयो– “सरकारले हाम्रो उचित व्यवस्थापन गरे मात्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्ने छ ।”

विमानस्थल निर्माणको प्रारम्भिकचरणमा साविक कडैया गाउँविकास समिति–८ र ककडी–१ मा नम्बरी आबादी जग्गाको मुआब्जा वितरण प्रक्रिया शुरु भए पनि टांँगियाबस्तीको पुनर्वास र मुआब्जाबारे हालसम्म केही हुननसकेको आयोजनाका वरिष्ठ अधिकृत विजय यादवको भनाइ छ ।

विमानस्थल निर्माणको क्षेत्रमा चार किल्ला छु्याउने काम सम्पन्न भए पनि कोल्हबी नगरपालिका काटगाउँका बासिन्दा मुआब्जाका लागि आयोजनाको कार्यालयमा निवेदन दिने क्रम बढदै गएको छ । नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्ग निमार्णको क्रममा हालसम्म रु १२ करोड खर्च भइसकेको छ । पसहा खोला किनारमा रु सात करोड ५० लाख ५० हजारको लागतमा ७५० मिटर तटबन्ध निर्माणको काम अन्तिमचरणमा पुगेको जनाएको छ ।

विमानस्थल निर्माण गर्न नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा रु एक अर्ब ५० करोड विनियोजन गरिसकेको छ । टाँगियाबस्ती जंगल फँडानी गरेर बसेको सुकुम्वासी बस्ती भएकाले हालसम्म सो बस्ती बारे सरकारीस्तरमा कुनै निर्णय हुनसकेको छैन– आयोजनाका अधिकारी भन्छन्– “टाँगिया बस्तीलाई के गर्ने, के न गर्नेबारे सरकारीस्तरमै टुंगो लगाउनु पर्ने हुन्छ ।”

आयोजनाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका कार्य अगाडि बढाए पनि टाँंगिया बस्ती व्यवस्थापनबारे हालसम्म सरकारले कुनै निर्णय गर्न नसक्दा चुनौती थपिएको हो । यसप्रति सरकार गम्भीर हुनुपर्ने माग सम्बन्धित निकायको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Alan Wald’s ‘Bohemian Professor’ Explores Left-Wing Artists and Intellectuals

Gaza Doctor Held in Israeli Prison Faces Abuse, Sparking Fears of ‘Medicide’

China’s New Arctic Shipping Route: A Potential Alternative to Middle East Chokepoints?

Heavy Rainfall Forecast Across Nepal’s Hilly Regions

नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu