ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाथरस सत्सङ्ग भागदौडमा मर्नेको सङ्ख्या १२४ पुग्यो


एबीसी न्यूज
१९ असार २०८१, बुधबार   १ : ०३   बजे

काठमाडौं १९ असार ।  भारतको  उत्तर प्रदेशको हाथरस जिल्लाको पुलराई गाउँमा मंगलबार एउटा सत्सङ्गमा भागदौडका क्रममा मर्नेको सङ्ख्या १२४ पुगेको छ । मृतकमध्ये ११६ जनाको पहिचान भइसकेको बताइएको छ । मृतकमा सात जना बच्चा र सयभन्दा धेरै महिला छन् । घाइतेहरूको उपचार चलिरहेको भएपनि सङ्ख्या थाहा हुन सकेको छैन ।

दिउँसो करिब डेढ बजे सत्सङ्गमा भागदौड भएको थिए । सत्सङ्ग गराउने नारायण साकार हरि उर्फ भोले बाबा अहिले बेपत्ता भएका छन् । उनको तीव्र खोजी भइरहेको छ । सत्सङ्ग आयोजकहरुविरुद्ध एफआईआर दर्ता गर्न लागिएको बताइएको छ । यस घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले एउटा बैठक बोलाएका थिए । यस घटनाको दोषीलाई कठोर कारबाही गरिने योगीले बताएका छन् ।

जानकारीका अनुसार सो सत्सङ्गमा एक देखि डेढ लाख मानिसहरू सहभागी भएका थिए । सत्सङ्गका लागि ५०–६० बिगा खेतमा पन्डाल लगाइएको थियो । सत्सङ्ग सकिएपछि मानिसहरू सबै एकैचोटी बाहिर निस्कन थाले । बाहिर निस्कने गेट साँघुरो थियो । अनि बाटोमा नाली र आसपास हिलो पनि । यसैबिच भागदौड सुरु भयो । अनि एक माथि अर्को गर्दै मानिसहरू नालीमा खसे । यस घटनामा कयौँ घाइते भएको बताइएको छ ।

सत्सङ्ग सकिने बित्तिकै बाबाको कार निस्किदै थियो । उनको पाउ छुन मानिसहरू दौडिन थालेपछि भागदौड मच्चिएको अर्का एक प्रत्यक्षदर्शीले भनेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवार र घाइतेलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट क्रमशः २ लाख र ५० हजार भारु दिने घोषणा गरेका छन् । मुख्यमन्त्री योगीले पनि मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार आर्थिक सहायताको घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group