ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएलामा तेस्रो पटक राष्ट्रपतिमा पुनः मादुरो विजयी , अमेरिकाको आशंका क्युवाको बधाई


एबीसी न्यूज
१४ श्रावण २०८१, सोमबार   १२ : ४३   बजे

 

 

काठमाडौं १४ साउन । राष्ट्रपति निकोलस मादुरोले भेनेजुएलाको राष्ट्रपतिय चुनाव पुनः जितेका छन्।
राष्ट्रिय निर्वाचन परिषद् (सिएनई) का प्रमुख एल्विस एमोरोसोनले भने कि ८० प्रतिशत मत गणना हुँदा राष्ट्रपति मादुरोले ५१.१ प्रतिशत पाएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनका मुख्य प्रतिद्वन्द्वी एडमन्डो गोन्जालेजले ले जम्मा ४४. ०२ प्रतिशत मत पाएका छन् ।
भेनेजुएलाका विपक्षीहरूले सिएनईको घोषणालाई कपटपूर्ण भन्दै अस्वीकार गर्दै र परिणामलाई चुनौती दिने बताएका छन् ।
विपक्षी गठबन्धनले आफ्ना उम्मेद्वार ७० प्रतिशत मत प्राप्त गरेको भन्दै गोन्जालेज नै वास्तविक राष्ट्रपति–निर्वाचित भएको दाबी गरेको छ।
रोयटर्सा अनुसार भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना मचाडो र विपक्षी राष्ट्रपति पदका उम्मेद्वार एडमन्डो गोन्जालेजले जुलाई २९ मा भेनेजुएलाको काराकासमा भएको राष्ट्रपतीय निर्वाचनमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले तेस्रो कार्यकाल जितेको घोषणा गरेपछि पत्रकार सम्मेलन गर्दै विरोध गरेका हुन् । मादुरोले भने काराकासमा समर्थकहरूलाई उत्साहित गर्न परिणामलाई ‘शान्ति र स्थिरताको विजय’ भएको संक्षिप्त भाषण गरेका छन् ।

विपक्षीले आफूले प्राप्त गरेको मत गणना, साथै एक्जिट पोल र द्रुत गणनाले गोन्जालेजको अग्रता देखाएको बताबएका छ ।
विपक्षी दलहरू ११ वर्ष लोमा राष्ट्रपति मादुरोको शासनलाई सत्ताच्युत गर्न गोन्जालेजले अघि सारेर गठबन्धन गरेका थिए ।
चुनावअघि गरिएको जनमत सर्वेक्षणले गोन्जालेजले राष्ट्रपतिलाई पूर्ण रूपमा हराउने अनुमान गरेको थियो।सरकारप्रति झुकाव रहेको निर्वाचन परिषद्ले नतिजा घोषणा गरेपछि मादुरोको विजयप्रति शङ्का व्यक्त गर्नेहरूमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि छन् ।
अमेरिकालाई ‘घोषित परिणामले भेनेजुएलाका जनताको इच्छा वा मतलाई प्रतिबिम्बित गर्दैन भन्ने गम्भीर चिन्ता छ’ ब्लिन्केनले भनेका छन् ।
चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले पनि परिणाम ‘विश्वास गर्न गाह्रो’ भएको प्रतिक्रिया जनाएको बीबीसीले जनाएको छ ।

क्युबाका राष्ट्रपतिले ‘भेनेजुएलाका जनताको गरिमा र बहादुरीले दबाब र हेरफेरमाथि विजय हासिल गरेको’ भन्दै मादुरोलाई बधाई दिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

सीआईए निर्देशक रेटक्लिफको अचानक मस्को भ्रमण, उद्देश्यबारे रहस्य कायम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu