ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनेछौँ


एबीसी न्यूज
१६ फाल्गुन २०७४, बुधबार   ९ : ०६   बजे

 

पाल्पा, १६ फागुन । प्रदेश नं ५ का सांसद नारायणप्रसाद आचार्यले जनताका दैनिक काम सहजरुपले सम्पादन गर्नका लागि चुस्त दुरुस्त प्रशासन बनाउनेतर्फ आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ ।

रासससँगको कुराकानीमा स्थानीय प्रशासन चुस्त दुरुस्त बनाउनका लागि आवश्यकताअनुसार प्रदेशस्तरीय ऐन, कानून निर्माण गरी अघि बढ्ने उहाँले बताउनुभयो । जवाफदेही र पारदर्शी राज्यसत्ता निर्माण गरी सुशासन सहितको राज्य निर्माण हाम्रो पहिलो प्राथमिकता रहनेछ, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहनुभएका आचार्यले जनताका समस्या शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात लगायतका क्षेत्रमा अपेक्षा अनुसारका काम भएका छैनन् । त्यस्ता जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो । “जनतालाई सुखी र समृद्ध राष्ट्र निर्माण गर्नका निम्ति जिम्मेवार भएर काममा लाग्नेछौँ । सडकको पहुँचलाई विस्तार गर्दै सडकको स्तरीकरण, स्तरीय यातायातको पहुँचमा वृद्धि गर्दै अघि बढ्नेछौँ,” आचार्यले भन्नुभयो ।

देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी सम्भावना विस्तार गर्नेतर्फ आफू लाग्ने बताउनुभयो । देशमा प्राकृतिक स्रोत र साधन प्रशस्त रहेपनि हालसम्म राज्यले ठीक खालको नीति अवलम्बन नगरेकै कारण धेरै नेपाली वैदेशिक रोजगारमा जानुपर्ने अवस्था छ । नेपालमा नै रोजगारीका अवस्था सिर्जना गर्नका लागि युवाको क्षमता अभिवृद्धि, सीप तथा दक्ष जनशक्तिको उत्पादन गरी देशमा रोजगारीका सम्भावना बढाउने र देशलाई समृद्ध बनाउने काममा लाग्ने बताउनुभयो ।

पाल्पामा रहेका खानी प्रयोगसम्बन्धी प्रदेशस्तरीय ऐन कानून निर्माण गरी अघि बढ्ने र त्यसले स्थानीयवासीलाई फाइदा हुने बताउनुभयो । पाल्पामा सञ्चालित खानीबाट सीमित व्यक्तिले मात्रा फाइदा लिइरहेको अवस्थामा खानीको नियमन प्रदेश र स्थानीय तहबाट हुने समेत उहाँले बताउनुभयो ।

पाल्पा–बुटबल मार्गमा पर्ने सिद्धबाबा क्षेत्रको सडकले आफूहरुलाई चिन्तित र जिम्मेवार बनाएको उहाँले बताउनुभयो । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार मिलेर राष्ट्रिय प्राथमिकता राखेर काम शुरु हुनेछ । आगामी आर्थिक वर्षदेखि डिपिआर तयार गरी दु्रतगतिमा सिद्धबाबा क्षेत्रको सडकको काम हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group