ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमला ह्यारिसले ट्रम्पसँगको ‘फक्स न्यूज बहस’ प्रस्ताव अस्वीकार गरिन्


एबीसी न्यूज
२० श्रावण २०८१, आइतबार   १० : ४६   बजे

काठमाडौं २० साष्न । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उमेद्वार कमला ह्यारिसले आगामी महिना फक्स न्यूजमा हुने भनिएको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको बहसमा भाग लिन अस्वीकार गरेकी छन् । रिपब्लिकन उम्मेद्वार ट्रम्पले पहिले नै सहमति भएको एबीसी न्यूजमा हुने बहसलाई अस्वीकार गरेर रिपब्लिकनकै टेलिभिजन मानिने फक्स न्युजका लागि नयाँ प्रसताव गरेका थिए ।

शुक्रबार आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा ट्रम्पले सेप्टेम्बर ४ मा व्याटलग्राउन्ड स्टेट मानिने पेन्सिलभेनिया राज्यमा ह्यारिससँग बहस गर्ने फक्स न्युजको को प्रस्तावलाई स्वीकार गरेको जनाएका थिए ।

राष्ट्रपष्त बाइडेनले आफ्नो पुनः निर्वाचन अभियान स्थगित गरेर गत महिनाको अन्त्यमा ह्यारिसलाई अघि सार्नु अघि सेप्टेम्वर १० मा एबीसी न्यूजमा राष्ट्रपति जो बाइडेनसँग बहस गर्ने कार्यक्रम तय गरिएको थियो। बाइडेन उमेद्वारीबाट पदबाट हट्ने निर्णय र एबिसीका सञ्चालक जर्ज स्टेफानोपोलोस विरुद्धको उनको विचाराधीन मुद्दालाई उद्धृत गर्दै ट्रम्पले एबीसी बहस ‘समाप्त’ भएको बताएका थिए ।

शनिबार ह्यारिसको चुनावी अभियान कार्यालयले ट्रम्पलाई ‘डराएको र पहिले नै सहमत भएको बहसबाट पछि हट्ने प्रयास गरेको’ आरोप लगाएको छ।

‘उनले खेल खेल्न रोक्नु पर्छ र उनले पहिले नै प्रतिबद्धता जनाएको बहसका लागि तयार हुनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ। ‘प्राइम–टाइम राष्ट्रिय श्रोताहरूसँग कुरा गर्ने अवसर लिन उपराष्ट्रपति कुनै न कुनै तरिकामा त्यहाँ हुनेछिन्।’

फक्स न्यूजलाई सामान्यतया ट्रम्पप्रति बढी सहानुभूतिशीलको रूपमा हेरिन्छ, जबकि एबीसीलाई ह्यारिसप्रति बढी सहानुभूतिशील मानिन्छ।

ट्रम्पले जून २७ मा जर्जियाको एटलान्टामा सिएनएनद्वारा आयोजित फेसअफमा बाइडेनसँग बहस गरेका थिए। बहसको क्रममा बाइडेन कमजोर देखिएका थिए । उनको कमजोर प्रदर्शनकै कारण डेमोक्र्याटिक पार्टीको उमेद्वारी त्याग्न बाध्य भएका हुन् ।

वरिष्ठ डेमोक्र्याटहरूले बाइडेनविरुद्ध ‘कू’ गरेको र पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिलाई पदबाट हट्न बाध्य पार्न महत्वपूर्ण भूमिका खेलेको ट्रम्पको आरोप छ ।’तिनीहरू सबैले उनलाई फ्याँके, र उनीहरूले भने, ‘या त तपाईं राम्रो तरिकाले बाहिर जानुहोस् वा हामी तपाईंको पछि लाग्ने छौं’ र त्यही भयो। र, उनीसँग कुनै विकल्प थिएन। यसमा कुनै प्रश्न नै उठ्दैन’, उनले गत महिना न्युयोर्क पोस्टसँगको कुराकानीमा भनेका थिए ।

‘मैले जोसँग लड्न सयौँ करोड डलर, समय र प्रयास खर्च गरें, र जब मैले बहस जितें, उनीहरूले नयाँ उम्मेद्वारलाई रिंगमा फ्याके’, उनले घोषणा गरे। ‘जे होस्, फरक उम्मेदवार होस् वा नहोस्, तिनीहरूका खराब नीतिहरू एउटै हुन्, र यो सेप्टेम्बर ४को बहसमा दृढतापूर्वक प्रकट हुनेछ।’ ट्रम्पले आफ्नै कम्पनी ‘सोसल ट्रुथ’मा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एकैदिन ४२ दिनको हाजिरी, जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवमाथि प्रश्न

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

सम्बन्धित

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

सीआईए निर्देशक रेटक्लिफको अचानक मस्को भ्रमण, उद्देश्यबारे रहस्य कायम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu