ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशको ‘अन्तरिम सरकार’को नेतृत्व गर्न मुहम्मद युनुस तयार


एबीसी न्यूज
२२ श्रावण २०८१, मंगलबार   ८ : ५७   बजे

काठमाडौं २३ साउन। नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारको मुख्य सल्लाहकारका रूपमा सरकारको नेतृत्व गर्न सहमत भएका छन्।यसअघि बंगलादेशी राष्ट्रपतिसँग भेट गरिरहेका आन्दोलनका प्रमुख संयोजकहरू मध्ये एक नाहिद इस्लामले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखका रूपमा प्रस्ताव गरेका थिए ।

नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारको मुख्य सल्लाहकारका रूपमा नेतृत्व गर्न सहमत भएका छन्, बङ्गलादेशको प्रमुख अखबार द डेली स्टारले लेखेको छ। यसअघि अगस्ट ६ मा, बङ्गलादेशको विद्यार्थी आन्दोलनका एक प्रमुख नेताले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको एक दिन नै अन्तरिम सरकारको प्रमुखका रूपमा युनुसलाई आफ्नो छनोट गर्नु पर्ने प्रस्ताव गरेका थिए ।

 EPA-EFE/REX/Shutterstock A picture of Sheikh Hasina with holes in it
‘मैले यो पनि सोचेँ कि यी विद्यार्थीहरूले यति धेरै विरोध गरेका थिए, उनीहरूले यसका लागि धेरै मूल्य चुकाउनु परेको छ। यदि विद्यार्थीहरूले यति धेरै त्याग गर्न सक्छन् भने मेरो पनि केही जिम्मेवारी छ। त्यसपछि मैले विद्यार्थीहरूलाई भनेँ कि म जिम्मेवारी लिन तयार छु।’ युनुसले भने।

बङ्गलादेशका सेना प्रमुखले मङ्गलबार विद्यार्थी प्रदर्शनकारी नेताहरूलाई भेट्ने बताएका छन् । ‘हामीले सिफारिस गरेको सरकारबाहेक अन्य कुनै पनि सरकारलाई स्वीकार गरिने छैन’, विद्यार्थी आन्दोलनको प्रमुख नेता नाहिद इस्लामले अन्य तीनवटा संगठनका अगुवाहरूसँग फेसबुकको एक भिडियो सम्वादमा भने ‘हामी कुनै पनि सेना समर्थित वा सेनाको नेतृत्वमा रहेको सरकारलाई स्वीकार गर्दैनौँ।’युनुस शेख हसिना सरकारको छ महिने जेलयातनापछि फ्रान्समा बस्दै आएका छन् । उनी केही दिनमा बंगलादेश फर्कने बताइएको छ ।

प्रधानमन्त्री शेख हसिना सत्ताबाट हट्न बाध्य भएको एक दिनपछि बङ्गलादेशको संसद विघटन भएको छ।प्रदर्शनकारीहरूको प्रमुख माग रहेको संसद विघटनले अन्तरिम सरकार स्थापना गर्ने मार्ग प्रशस्त गरेको छ।
उता भारतीय विदेश मन्त्री एस जयशंकरले आफ्नो सरकार बङ्गलादेशमा रहेका भारतीय समुदायसँग सम्पर्कमा रहेको बताएका छन्। प्रदर्शनका क्रममा निर्दोष नगारिकको हत्या भएको भन्दै बङ्गलादेश प्रहरीले माफी मागेको छ।

भारतीय मिडिया रिपोर्टका अनुसार अरु जो सुकै सरकारमा आएपनि पूर्व प्रधानमन्त्री खालिदा जियाको नेतृत्व नरहोस् भन्नेमा बंगलादेशका सुरक्षा प्रमुखहरुलाई सचेता गराइरहेको छ । जियालाई भारत विरोधी तथा इस्लामिक अतिवादीहरुलाई प्रश्रय दिने नेताका रुपमा नयाँ दिल्लीले लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group