ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौतर्फी आम्दानीले मस्कलाई बनाउँदै छ विश्वकै पहिलो ‘ट्रिलिनेयर’


एबीसी न्यूज
२ आश्विन २०८१, बुधबार   २ : १७   बजे

काठमाडौं २ असोज । चर्चित अर्बपति इलोन मस्क केही वर्षभित्रै १० खर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बन्दै छन्।

उनको विद्युतीय सवारीसाधन र सामाजिक सञ्जालदेखि अन्तरिक्ष रकेट र मस्तिष्कमा चिप प्रत्यारोपणसम्मको व्यावसायिक साम्राज्यले चाँडै विश्वकै पहिलो ट्रिलिनेयर बनाउने देखिएको हो।

मस्कको व्यावसायिक सफलताले उनलाई संसारमा अत्यन्त प्रभावशाली र विवादित व्यक्तिको छवि निर्माण गरिदिएको छ। टेस्लाका यी मालिक अनुमानित २ खर्ब ५० अर्ब अमेरिकी डलर सम्पत्तिसँगै यसअघि नै संसारकै धनी बनिसकेका छन्।

अब मस्कले आफ्नो धनार्जनको सफलताको अर्को कोशेढुंगा पारे गर्ने देखिएको इन्फर्मा कनेक्ट एकेडेमीले जनाएको छ। सम्भवतः २०२७ सम्ममा उनले यो सफलता पार गर्नेछन्। इन्फर्माका अनुसार मस्कको कुल सम्पत्ति औसतमा प्रतिवर्ष ११० प्रतिशतले वृद्धि भइरहेको छ।

यसकै कारण उनी १ ट्रिलियन डलरका मालिक बन्नसक्ने प्रबल सम्भावना देखिएको हो। यद्यपि उनले चर्को र कडा व्यावसायिक प्रतिस्पर्धाको सामना गर्नुपरेको छ।

त्यसो त ट्रिलियन डलर सम्पत्तिका मालिक बन्ने दौडमा अरु पनि देखिएका छन्। कृत्रिम बौद्धिकताको उन्नयनमा उल्लेख्य भूमिका खेलिरहेका आफ्ना कम्प्युटर चिप्समार्फत निभिडियाले जेन्सेन हुआङलाई २०२८ मा ट्रिलिनियर बनाउनसक्ने इन्फर्माको आकलन छ।

ब्लुमबर्गका अनुसार निभिडियाका प्रमुख कार्यकारी तथा सहसंस्थापक हुआङको कुल सम्पत्ति १ खर्ब ४ अर्ब अमेरिकी डलर छ।

यता भारतीय अर्बपति गौतम अदानी पनि २०२८ सम्ममा ट्रिलिनियर बन्नसक्ने देखिएको छ। मस्कको ट्रिलिनियर दौडमा टेस्लाको अहं भूमिका हुनेछ।

मस्कले स्थापना गरेको टेस्ला अहिले विश्वकै सबैभन्दा मूल्यवान् अटो कम्पनी हो। यसको बजार मूल्यांकन नै ७ खर्ब १० अर्ब अमेरिकी डलर छ। यो मूल्यांकन कोका–कोला, बैंक अफ अमेरिका र बोइङको एकत्रित मूल्यांकनभन्दा पनि धेरै हो।

टेस्ला मस्कको सबैभन्दा ठूलो सम्पत्ति हो। कम्पनीमा उनको १३ प्रतिशत सेयर स्वामित्व छ। यो भनेको वर्तमान मूल्यमा ९३ अर्ब अमेरिकी डलर हो। यसबाहेक कम्पनीमा मस्कको अरु ३० करोड ३० लाखको सेयर विकल्प र तलबभत्ताको ‘विवादित’ प्याकेज पनि छ।

यदि टेस्लाको व्यावसायिक सफलताले निरन्तरता पाए मस्कको सम्पत्ति १ ट्रिलियनबाट पनि माथि जान सक्नेछ।

‘हामीलाई लाग्छ, टेस्लाले आगामी वर्षमा पूर्ण स्वचालित ड्राइभिङ, रोबोट्याक्सी र ईभीमा सफलता पाउँदा मस्कले पनि आफूलाई नयाँ उचाइ हात पार्ने स्थानमा उभ्याएका छन्’, वेडबुस सेक्युरिटिजका वरिष्ठ स्वपुँजी विश्लेषक डेन इभ्स भन्छन्।

तर हो, यही हुनेछ भन्ने सुनिश्चितताचाहिँ छैन।

किन कि टेस्लाले बजारमा विशेषतः चीनबाट सस्तो मूल्यको प्रतिस्पर्धा सामना गरिरहेको छ। समय–समयमा कम्पनीले संघर्ष पनि गर्नुपरेको छ। कम बिक्रीले सेयर ह्वात्तै घटाएको छ ९सन् २०२२०। यसबाहेक कम्पनीले आफ्ना सवारीसाधन धेरैपटक फिर्ता गर्नुपरेको छ। अमेरिकामा गुड्ने अधिकांशतः कारमा अटोपाइलट सफ्टवेयर फिर्ता गराउनुपरेको छ।

सन् २००८ मा मस्कले कम्पनी टाट पल्टिन केही दिन मात्र बाँकी रहेको खुलासा गरेका थिए। अन्तिम घडीमा ऋण पाउँदा त्यसलाई टार्न सकिएको उनको भनाइ थियो। सन् २०१८ मा मस्कले नियामक र सेयरसदस्यको चेपुवामा पर्नुपरेको थियो।

त्यसबखत प्रतिकित्ता ४२० अमेरिकी डलरमा टेस्लालाई प्राइभेट बनाउने कोष सुरक्षित रहेको बताएपछि अप्ठ्यारोमा परेका थिए। मस्कले दसौँ लाख डलर जरिवाना र कानुनी शुल्क तिर्नुपरेको थियो भने कार्यकारी प्रमुखबाट राजीनामाको अवस्था भोगेका थिए।

‘टेस्लाकेन्द्रित रहेर उनलाई मन नपराउने र शंका गर्ने धेरै भए पनि धेरै पटक उनलाई पृष्ठभूमिमा समर्थन छ’, इभ्स भन्छन्, ‘उनी ‘टिफलन किड’ हुन् ९कसैको केही नलाग्ने०।’

त्यसो त कतिपय मस्कसँग जोडिने विवादका कारण टेस्ला ब्रान्डले पनि जोखिमको सामना गर्दै आएको छ।

यही हप्ता मात्रै मस्कले सामाजिक सञ्जालको एक पोस्ट नै डिलिट गर्नुपर्‍यो। उनले खालि डोनाल्ड ट्रम्पमाथि नै किन हत्या प्रयास हुन्छ र जो बाइडेन र कमला ह्यारिसमाथि किन हुँदैन भन्ने पोस्ट गरेका थिए। तर पछि हटाए।

टेस्ला मस्कको ठूलो सम्पत्ति हुँदाहुँदै यही एक मात्र भने होइन। सुरुङ खन्ने कम्पनी द बोरिङ र आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईमा पनि उनको सेयर स्वामित्व छ।

त्यसपछि उनीसँग स्पेसएक्स पनि छ। अन्तरिक्षयान निर्माता यसले गत बिहीबार मात्रै गैरसरकारी स्पेसवाक पहिलोचोटि सम्पन्न गरेर इतिहास बनाएको छ। ब्लुमबर्गका अनुसार स्पेसएक्समा ममस्कको ४२ प्रतिशत स्वामित्व छ। गत जुनमा यो निजी कम्पनीको मूल्यांकन २ खर्ब १० अर्ब अमेरिकी डलर पुगिसकेको थियो।

त्योबाहेक मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने स्टार्टअप कम्पनी न्युरालिंकमा पनि मस्ककै स्वामित्व छ। यो खासगरी प्यारालाइसिसबाट पीडितहरुलाई मद्दतका लागि लक्षित कम्पनी हो।

अरु थोरै सम्पत्ति मस्कलाई सामाजिक सञ्जाल एक्सले पनि योगदान गर्छ। सन् २०२२ मा उनले तत्कालीन ट्विटर ४४ अर्ब अमेरिकी डलरमा आफ्नो बनाएर एक्सको ब्रान्ड बनाएका थिए।

एक्सको बजार मूल्यांकन भने मस्कको स्वामित्वमा निरन्तर खस्किँदो छ। गलत सूचना फैलिएको, विषयवस्तुलाई जथाभावी छोडिदिएकोजस्ता कुरामा एक्समाथि रोष प्रकट हुने गरेका छन्।

गत वर्ष एक पटक त मस्कले विज्ञापनदाताविरुद्ध खनिँदा माफी नै माग्नुपरेको थियो। सीएनएनबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu