ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेबनानको एयरपोर्टबाट उड्ने विमानमा वाकी–टकी र पेजर बोक्न प्रतिबन्ध


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   ८ : २३   बजे

 

 

काठमाडौं ३ असोज , लेबनानमा सञ्चार उपकरण पेजर र वाकी–टकी विस्फोट भएर ३७ जनाको मृत्यु र सयौँ घाइते भएपछि राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानमा ती उपकरण बोक्न प्रतिबन्ध लगाइएको छ।

बेरुतमा अवस्थित यो एयरपोर्ट लेबनानको एक मात्र व्यावसायिक एयरपोर्ट हो।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले उड्डयन एजेन्सीलाई उद्धृत गर्दै यात्रुहरूलाई आफ्नो साथमा पेजर वा वाकी–टकीजस्ता उपकरण नल्याउन भनिएको छ।

त्यस्ता उपकरण फेला परेमा तुरुन्तै जफत गरिने जनाइएको छ।
यसैबीच लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले बुधबार देशमा सञ्चार उपकरण वाकी–टकी विस्फोट हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको बताएका छन्।

बिहीबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री अबेदले विस्फोटमा घाइते हुनेको संख्या कम्तीमा ६०८ पुगेको बताए।

मंगलबार र बुधबार दुवै दिन भएका बम विस्फोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ, जसमध्ये मंगलबार भएको पेजर विस्फोटमा १२ जनाको मृत्यु भएको थियो।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले आफ्नो देशले यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाएको बताएका छन्। लेबनानले यस मुद्दामा अर्थपूर्ण वार्ता हुने आशा राखेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group