ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कटल्यान्डमाथि नेपालको सहज जित


एबीसी न्यूज
१४ कार्तिक २०८१, बुधबार   १२ : २१   बजे

काठमाडौं १४ कात्तिक । नेपालले आइसिसी विश्वकप लिग(२ मा साविक विजेता स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो ।नेपालले लिगमा आठ महिनापछि जित निकालेको हो । लिग(२ मा यसअघि नेपालले घरेलु मैदानमा गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई एउटा खेलमा हराएको थियो ।

जितका लागि एक सय ५५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २९।५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालका लागि आरिफ शेखले ४२ बलमा आठ चौकाको मद्दतले अविजित ५१ रन बनाउनुभयो । गुलशन झाले अविजित २५, कुशल भुर्तेलले २५, आसिफ शेखले २१ र अनिल साहले १३ रन बनाउनुभयो ।

बलिङमा स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले दुई विकेट लिनुभयो । ब्राण्ड करी, मार्क वाट र ज्याक जार्विसले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ३४ रन बनाउनुभयो । कप्तान रिची बेरिङ्गटन र माइकल जोनसले १९र१९, ब्रेन्डन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५ र माइकल लिस्कले १४ रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । करण केसी, सोमपाल कामी र गुल्शन झाले दुई दुई तथा आरिफ शेखले एक विकेट झार्नुभयो ।

यस सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अब नेपालले शनिबार घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

जितसँगै १० खेलमा पाँच अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । पराजित स्कटल्यान्ड नौ खेलबाट ११ अङ्क जोड्दै चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group