ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिडन्तमा १० चरमपन्थी मारिएपछि मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यु


एबीसी न्यूज
२७ कार्तिक २०८१, मंगलबार   १ : ०२   बजे

काठमाडौं २७ कात्तिक । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। सोमबार शंकास्पद अतिवादीसँग सुरक्षाकर्मीको भिडन्त भएपछि जिल्लामा कर्फ्यु लगाइएको हो।

मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ३ बजे जिरिबामको जाकुराडोर र बोरोबेकरा पुलिस स्टेसननजिकै रहेको सीआरपीएफ क्याम्पलाई सशस्त्र चरमपन्थीहरूले निशाना बनाएको बताएको छ।

मणिपुर प्रहरीले घटनाबारे लेखेको छ( सशस्त्र चरमपन्थीहरूले जिरिबाम जिल्लाको जाकुराडोर क्षेत्रमा अवस्थित एक सीआरपीएफ चौकीमा हमला गरे। त्यसपछि सुरक्षा बलहरूले तुरुन्त जवाफी कारबाही गरे। यो मुठभेड करिब ४० मिनेटसम्म चल्यो र पछि १० सशस्त्र आतङ्ककारीको शव निकालियो।

 

प्रहरीका अनुसार भिडन्तमा एक सीआरपीएफ जवान सञ्जीव कुमारलाई गोली लागेको छ। हाल उनलाई असमको सिलचरको मेडिकल कलेजमा भर्ना गरिएको छ

समाचार एजेन्सी पीटीआईका अनुसार जिल्लामा शान्ति कायम गर्न कर्फ्यु लगाइएको हो।

मणिपुरमा लामो समयदेखि हिंसा जारी छ। हिंसामा धेरै जनाले ज्यान गुमाइसकेका छन् भने सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ।

यस विषमाय विपक्षी दलहरूले केन्द्र सरकारको कडा आलोचना गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव ल्याउन ढिलाइप्रति रास्वपा सांसदको आक्रोश

प्रतिनिधिसभाबाट खानी तथा खनिज पदार्थ विधेयक बहुमतले स्वीकृत

सम्बन्धित

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

‘दिमागी नक्सल’ले ततायो भारत : मोदीको एक शब्द, विपक्षको प्रश्न—‘आखिर नक्सल को?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu