ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनलाई पक्राउ गर्न कार्यलय पुगे अधिकारीहरू


एबीसी न्यूज
१९ पुस २०८१, शुक्रबार   ९ : ०१   बजे

कोरिया, १९ पुस  ।  दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न अधिकारीहरू राष्ट्रपति भवन पुगेका छन्।

भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका र अन्य अधिकारीहरू युनलाई पक्राउ गर्न शुक्रबार सउलस्थित उनी बस्दै आएको भवनमा पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सैनिक कानुन लागू गर्ने प्रयास संसदले विफल पारेपछि युन निलम्बित छन्। सैनिक कानुन ल्याएपछि उनीविरूद्ध संसदमा दर्ता भएको महाभियोग पारित भएको थियो। महाभियोगको प्रक्रिया संवैधानिक अदालतबाट टुंगिन बाँकी छ।

उनीविरूद्ध मंगलबार उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। उनलाई जनवरी ६ भित्र पक्राउ गरी सउल डिटेन्सन सेन्टरमा राख्न भनिएको थियो। सोधपुछका लागि पटकपटक बोलाउँदा युन उपस्थित नभएपछि उनीविरूद्ध पक्राउ पुर्जी नै जारी भएको हो।

अदालतले उनको कार्यालयमा सर्च गर्न पनि अनुमति दिएको थियो। शुक्रबार सरकारी अधिकारीहरू युनको कार्यलय प्रवेश गर्दा त्यहाँ उनका समर्थकहरूको ठूलो भिड उपस्थित रहेको र उनीहरूले युनको पक्षमा नाराबाजी गरेको समाचार संस्था रोयटर्सले लेखेको छ। कार्यलय भित्र राष्ट्रपति सुरक्षा सेवा ९पिएसएस०का अधिकारीहरूले पनि युनलाई पक्रन नदिन अवरोध गरेको भनिएको छ। यसअघि कार्यालयमा सर्च गर्दा पनि पिएसएसले रोकेको थियो।

यद्यपि राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास भइरहेको दक्षिण कोरियाली अखबार योनहाप न्युजले लेखेको छ। दक्षिण कोरियामा राष्ट्रपतिविरूद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu