ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टरको आह्वान


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   ७ : ४५   बजे

काठमाडौं २१ पुस । अमेरिकाका एक जना वरिष्ठ डाक्टरले रक्सीका बोतलमा क्यान्सरको चेतावनी राख्न आह्वान गर्नुभएको छ । एउटा नयाँ अनुसन्धानले रक्सीका कारण सात किसिमको क्यान्सर हुने निष्कर्ष निकालेपछि अमेरिकी वरिष्ठ शल्यचिकित्सक जनरल विवेक मूर्तिले चुरोटको बट्टामा जस्तै रक्सीको बोतलमा पनि क्यान्सरको चेतावनी दिन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकामा भएको पछिल्लो अनुसन्धानले रक्सीका कारण घाँटी, कलेजो, अन्ननली, मुख, गला, आन्द्रा र महिलामा स्तन क्यान्सर हुने जोखिम अधिक हुने देखाएको छ । रक्सीकै कारण अमेरिकामा बर्सेनि १० लाख जनामा क्यान्सर देखिने र तीमध्य २० हजार जनाको ज्यान जाने गरेको अध्ययनले देखाएको छ ।

अमेरिकामा सुर्ती र मोटोपनापछि क्यान्सरको तेस्रो कारण रक्सी देखिएको छ । डाक्टर मूर्तिले अमेरिकामा रक्सी र चुरोटसम्बन्धी चेतावनी सन् १९९८ पछि अध्यावधिक नगरिएको भन्दै अब अध्यावधिक गरेर रक्सीको बोतलमा अनिवार्य चेतावनी समेट्न आग्रह गर्नुभएको छ । रक्सीको बोतलमै गर्भवती महिलाले खान अयोग्य भनेर लेख्न समेत उहाँको माग छ ।

डाक्टर श्री मूर्तिले रक्सी खानको लागि सिफारिस गरिएका सीमाहरूको पुनः मूल्याङ्कन गर्न र रक्सी र क्यान्सरसम्बन्धी शिक्षा प्रयासहरूलाई बढावा दिन पनि आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रकाशमान सिंहको आरोप : ‘विशेष महाधिवेशन विधिसम्मत भएन’

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

सम्बन्धित

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu