ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी विदेशमन्त्री दक्षिण कोरियामा रहेका बेला उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार


एबीसी न्यूज
२३ पुस २०८१, मंगलबार   ७ : ५०   बजे

काठमाडौं २३ पुस । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

दक्षिण कोरियाले पछिल्लो दुई महिनामा उत्तर कोरियाले प्रहार गरेको यो पहिलो मिसाइल हो।  दक्षिण कोरियाली सेनाले भन्यो, ‘यो क्षेप्यास्त्रले समुद्रमा खस्नुअघि ११ सय किलोमिटरको दूरी तय गरेको थियो।’

दक्षिण कोरियाले उत्तर कोरियाको यो ‘उत्तेजक कार्य’को कडा निन्दा गरेको जनाएको छ।  उत्तर कोरियाले यस्तो समयमा क्षेप्यास्त्र प्रहार गरेको हो जतिबेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा छन् र त्यहाँका धेरै प्रमुख नेताहरूसँग भेटघाट गर्दै छन्।

अहिले दक्षिण कोरिया राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ। दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक(योलले हालै देशमा मार्सल ल लागू गर्ने असफल प्रयास गरेका थिए।

यसपछि उनलाई महाभियोग लगाएर राष्ट्रपति पदबाट निलम्बन गरिएको छ।

यसबीच उनीविरुद्ध पक्राउ पुर्जी जारी भई पक्राउको प्रयास पनि भएको छ। तर उनका सुरक्षामा खटिएका सेनाले रोकेका कारण उनलाई पक्राउ नगरी प्रहरी उनको निवासबाट फर्किन बाध्य भएको थियो।

जारी गतिरोध अन्त्य गर्न ब्लिन्केन दक्षिण कोरिया गएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोदी खोलामा एक महिनामै तेस्रोपटक बाढी, दुई पुल र मन्दिर बगायो

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu