ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा रविविरुद्ध सरकारी वकिलको बहस- कास्की अदालतको आदेश बिर्साैं, यहाँ थुनामै राखौँ


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   १ : ५७   बजे

काठमाडौं २९ पुस । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहसमा अहिलेसम्म ५ जना सरकारी वकिलले बहस सकेका छन्।

रविविरुद्ध बहसका लागि तयार भएका ११ जना सरकारी वकिलमध्ये दिउँसो सवा १ बजेसम्म जम्मा ५ जनाले मात्र बहस सकेका हुन्।

रविविरुद्ध हालसम्म सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापाले बहस गरेका हुन्।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो।

यसअघि न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टामा बहस सक्न भनेका भए पनि २ घण्टा २० मिनेटमा जम्मा ५ जनाले मात्र बोलिसकेका हुन्।

अहिले खाजाका लागि समय छुट्याइएको छ।  यसपछि पनि सरकारी वकिलकै बहस जारी रहने अदालतले जनाएको छ।

अहिलेसम्म बहस गरेका पाँचै सरकारी वकिलले प्रतिवादी रवि लामिछानेलाई थुनामै राखिनुपर्ने जिकिर गरेका छन्।  उनीहरूले कास्की जिल्ला अदालतले दिएको आदेशलाई बिर्सेर यहाँ लामिछानेलाई थुनामै राखिनुपर्ने अवस्था हरेको तर्क गरेका हुन्।

बहसका क्रममा सरकारी वकिलले भने, ‘कास्की जिल्ला अदालतबाट के आदेश भयो, त्यो बिर्सौँ, यहाँचाहिँ रवि लामिछानेलाई थुनामै राखौँ।’

बहसका क्रममा सरकारी वकिलहरूले रवि लामिछाने जत्तिको व्यक्तिलाई कानुनको अनभिज्ञता क्षम्य हुन नसक्ने बताएका छन्।

बहस गर्दै सरकारी वकिलले भने, ‘संगठित रूपमा ठगी भएको छ, ८ सयभन्दा बढी चेक काटिएका छन्, स्वर्णलक्ष्मी सहकारीकै पैसाले गाडी किनिएको छ, उहाँ रवि लामिछाने जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group