काठमाडौं ७ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु केही घण्टाअघि सोमबार वासिङ्टन डीसीमा र्याली आयोजना गरी सम्बोधन गरेका छन्।
अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले आज जनवरी २० देखि कार्यभार सम्हाल्दै छन्। त्यसअघि ट्रम्पले वासिङ्टन डीसीमा आफ्ना हजारौँ समर्थकबीच आफ्नो चुनावी विजयको उत्सव मनाएका हुन्।
त्यसमा उनले भने, ‘म ऐतिहासिक गति र शक्तिका साथ काम गर्नेछु। म हाम्रो देशले सामना गरिरहेको हरेक संकटलाई समाधान गर्नेछु।’
ट्रम्पले थपे, ‘पदको शपथ लिएको केही घण्टाभित्र म बाइडेन प्रशासनका हरेक कट्टरपन्थी र मूर्खतापूर्ण कार्यकारी आदेश खारेज गर्नेछु।’
यस क्रममा उनले सरकारी दक्षता विभागको प्रमुख बनाउने वाचा पनि गरे।
प्रतिक्रिया दिनुहोस्