काठमाडौं ९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको बताउनुभएको छ ।
आफ्नो प्रशासनमा भएको छलफलमा उहाँले मेक्सिको र क्यानडामा चीनले फेन्टनिल नामको औषधि पठाइरहेको तथ्यमा आधारित रहेर शुल्क बढाउनेबारे सोचेको बताउनुभएको बीबीसीले जनाएको छ । त्यो औषधि मेक्सिको र क्यानडा हुँदै अमेरिका भित्रिएको उहाँको भनाइ छ ।
ट्रम्पले यसअघि नै मेक्सिको र क्यानडामाथि २५ प्रतिशतले आयात कर लगाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले आफ्ना ती छिमेकी देशहरू मेस्किको र क्यानडालाई कागजातविहीन आप्रवासी र औषधि आफ्नो देशमा आउन दिइरहेको आरोप लगाउनुभएको छ । ट्रम्पले नयाँ करदर लागू गरेमा अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामान झन् महँगो पर्ने छ ।
पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली सङ्घ ९ईयू० लाई समेत आयात शुल्क लगाउने बताउनुभयो । चीन दुर्व्यवहारकर्ता रहेको र ईयू पनि अमेरिकीप्रति निकै नराम्रो भइरहेको ट्रम्पको आरोप छ ।
यसअघि चुनावी प्रचारप्रसारका बेला ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने बताउनुभएको थियो । ट्रम्पको आर्थिक योजनामा कर मुख्य पक्षका रूपमा छ ।
प्रतिक्रिया दिनुहोस्