ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, एक घाइते


एबीसी न्यूज
९ माघ २०८१, बुधबार   ८ : ३६   बजे

काठमाडौं ९ माघ । हङकङको युनलङमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

बुधबार बिहान वाङयिप स्ट्रिट पश्चिममा रहेको हाइयिप फ्याक्ट्री नजिकै ७र८ जनाको समूहले दुई जनामाथि आक्रमण गरेका हुन्। बिहान बिहान साढे ५ बजे घटनाको रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको छ।

आक्रमणपछि उक्त समूह हाइयिप स्ट्रिटतर्फ भागेको थियो। उनीहरू चार वटा निजी सवारी साधनमा चढेर गएको प्रहरी प्रवक्ताले बताएका छन्।

मृत्यु भएका व्यक्तिको हात र खुट्टामा बढी चोट लागेको थियो। उनलाई सुरुमा चुनमुन अस्पताल लगिएको थियो।

त्यहाँबाट पोकओई अस्पताल लगिएकोमा अस्पतालले साढे ६ बजे मृत घोषित गर्‍यो। मृतक २४ वर्षका छन्।

त्यस्तै, अर्का घाइते २८ वर्षीय पुरुष हुन्। उनलाई ढाडमा चोट लागेको छ। उनैले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

घाइते २८ वर्षीयलाई पनि चुनमुन अस्पतालमा लगिएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ९एससीएमपी०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group